१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सामीको अनुबन्धन अस्वीकार

न्यु दिल्ली – भारतीय क्रिकेट बोर्डले फास्ट बलर मोहम्मद सामीको अनुबन्धनलाई नवीकरण गर्न अस्वीकार गरेको छ । पत्नीलाई धोका दिएको भन्ने अनुसन्धान भइरहेका बेला बोर्डले अनुबन्धन नवीकरण गर्न अस्वीकार गरेको हो।

भारतीय टोली गत जनवरीमा दक्षिण अफ्रिका भ्रमणमा रहेका बेला सामीलाई अपहरणको आरोप लागेको थियो । भारतीय क्रिकेट बोर्डले सामीलाई अनुबन्धित खेलाडीको सूचीबाट बुधबार हटाएसँगै कप्तान विराट कोहली र अरू शीर्ष टेस्ट खेल्ने खेलाडीलाई १० लाख डलरभन्दा माथि तोकेको छ।

छानबिन समितिले उनीविरुद्धको आरोप अनुबन्धनमा थाती रहने वा फेरि समीक्षा हुन सक्नेसमेत संकेत दिएको छ । ‘सामीको आरोप र अनुबन्धनको विषयमा हामी अनुसन्धान गरिरहेका छौं,’ छानबिन समितिका अध्यक्ष विनोद रायको भनाइ छ । तर सरसरती नियाल्ने हो भने आरोप व्यक्तिगत हो भने अनुबन्धन व्यवसायिक हो।

पूर्वमोडल तथा पत्नी हसन जहानले मंगलबार २७ वर्षीय सामीविरुद्ध  घरेलु हिंसामा लागेको भन्दै उजुरी दर्ता गराएकी थिइन् । जहान सन् २०१४ मा सामीसँग विवाहबन्धनमा बाँधिएकी थिइन्।

भारतीय सञ्चारमाध्यमले जहानलाई पुसिलमा उजुरी दिन आग्रह गरे पनि त्यहाँ पत्नी भएकाले उजुरी दिन मानेकी थिइनन् । पत्नीको उजुरीले पनि फास्ट बलर सामीको व्यावसायिक करियरमा धक्का लागेको छ।

सामीले ट्विटरमा लेखेका छन्, ‘मेरो व्यक्तिगत जीवनमा जे आरोप लगाइएको छ त्यो सबै झुट हो,’ उनले भनेका छन्, ‘मविरुद्धको मित्था आरोप हो, दोषी बनाउन खोजिएको मात्र हो।’

भारतीय क्रिकेट बोर्डले विराट कोहली, रोहित शर्मा, शिखर धवन, भुवनेश्वर कुमार र जसप्रित बुमराहलाई ‘ए’ श्रेणीमा समावेश गर्दै अधिकतमा तलब तोकेको छ भने पूर्वकप्तान महेन्द्र सिंह धोनी, चेतेश्वर पुजारा र रविचन्द्र अश्विनलाई अर्कै समूहमा समावेश गराउँदै वार्षिक ७ लाख ७७ हजार डलर प्रदान गर्ने जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०७४ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App