"
कलेज लाइफ

पछ्याइरहने त्यो केटी ...

सोमबार, २१ फागुन २०७४, २२ : ०५ प्रजु पन्त


सदावहार गीत लेख्न सफल कालीप्रसाद रिजाल कवि पनि हुन्। उनले लेखेका गीत अझै पनि उत्तिकै मन पराइन्छन्। रिजाल सूचना विभागको निर्देशक हुँदा नारायणगोपाल उनलाई भेट्न गएछन्। रिजालले लेखेका कविताको नारायणगोपालले खुलेर प्रशंसा गरे। उनीहरूबीच गीतबारे पनि कुरा भयो। नारायणगोपालले गीत लेख्न आग्रह गरेपछि उनले एकै दिनमा २ वटा गीत लेखे। ती गीतमा ‘आँखा छोपी नरोऊ भनी भन्नु प-याछ’ र ‘झरेको पात भो जिन्दगी’ हुन्। जस्तो पायो उस्तै गीत मन नपर्ने र नगाउने भनेर चिनिएका नारायणगोपालले उनको गीत भने मन पराइदिए। ‘मलाई त गीत लेख्दा धेरै डर लागेको थियो,’ उनी भन्छन्, ‘एकै दिनमा २ गीतसँगै रेकर्ड गराइदिनुभयो, मेरो त खुसीको सीमै रहेन।’

घरमा झगडा गरेर काठमाडौंमा पढाई

२०१३ सालमा विराटनगरबाट प्राइभेट एसएलसी उत्तीर्ण गरेपछि रिजाललाई परिवारले वनारसमा पढ्न कर गरेका थिए। तर उनलाई काठमाडांैले मोहनी लगाइसकेको थियो। मलाई सानैमा आमाले स्थानीय गीत र कविता सुनाउनुहुन्थ्यो अनि साहित्यकारहरू कवि शिरोमणि लेखनाथ पौड््याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समबारे केही कुरा थाहा थियो उनी भन्छन्, ‘भारत गएपछि उनीहरूसँग संगत गर्न पाउँदिन भनेर घरमा खाना नखाएर हड्ताल गरेर काठमाडाैं आएँ।’ 

साहित्यमा अगाध रुचि भएकै कारण काठमाडौं आएका रिजाललाई परिवारले विज्ञान विषय पढ्न जोड ग¥यो तर उनले मानेनन्। बरु उनी त्रि–चन्द्र कलेजमा व्यवस्थापनमा भर्ना भए र साहित्यिक कार्यक्रममा पनि सहभागी भइरहे। जे सोचेर काठमाडौं आएको थिएँ त्यो भने भएन। उनी भन्छन्, ‘म त यहाँ कुहिरोको काग भएँ, अरूको मात्रै कविता सुन्नुपर्ने, आफूले कहिले त्यसरी भन्न पाइएला भनेर कल्पिएर बसेको हुन्थेँ।’ 

काकासँगै बसेका रिजाललाई डेराको चिन्ता भएन। घरबाट पठाएको केही पैसा फुर्मासी पनि गर्थेँ। रिजाल भन्छन्, ‘त्यति बेला रमाइलो भनेकै सिनेमा हेर्ने थियो, मैले भने सिनेमामा धेरै पैसा खर्च गर्थेँ।’ रिजाललाई सिनेमा हेर्ने बेला साथीहरूले सर्त राख्दा रहेछन्। त्यो सर्त के भने सिनेमा हेरिसकेपछि सिनेमामा गाइएको गीत रिजालले भोलिपल्टदेखि जस्ताको तस्तै गाउनुपर्ने। म पनि के कम र रिजाल भन्छन्, ‘सिनेमा हेरिसकेपछि हल बाहिर १० पैसामा गीत लेखेको पुस्तीका किन्न पाइन्थ्यो, त्यही किनेर कण्ठ पारेर साथीहरूलाई सुनाउँथेँ।’ आइकम र विकम पढ्दा रिजाल साहित्यमा मात्र होइन राजनीतिमा पनि सक्रिय थिए। उनी कांग्रेस निकट प्रजातान्त्रिक विद्यार्थी संगठनको उपाध्यक्ष पनि भएर काम गरे। रूपरेखा पत्रिकामा रिजालको कविता छापियो अनि त्यो कविता पुरस्कृत पनि भयो। राजा महेन्द्रको हातबाट उनले पुरस्कार पनि पाए। त्यसपछि त म चर्चित हुनुको सीमा नै रहेन। उनी भन्छन्, ‘बल्ल काठमाडांै आउनुको मज्जा भोग्न पाएँ।’ त्यसपछि उनी लेखनाथ पौड््याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समलगायतका साहित्यकारहरूका सामीप्यमा हुर्कन पाएँ। उनले आफ्ना कविता वरिष्ठ मान्छेको अगाडि सुनाउन पाउँदा साह्रै रोमाञ्चित भएको बताउँछन्। 
त्रि–चन्द्रको त्यो पिकनिक 

आइकम पढ्दा जम्मा एकजना केटी थिइन्। त्यतिबेलाको समाजमा के छोरीलाई पढाउनु? रिजाल भन्छन्, ‘पढ्न आएकालाई हामी भने इल्लीबिल्ली बनाउँदैनथ्यौँ।’ विकम पढ्दा भने ५÷७ जना केटी भएको रिजाल बताउँछन्। मेरो कोही केटीसँग पनि कलेजमा प्रेम भएन सानैदेखि साह्रै लजालु थिएँ। रिजाल भन्छन्– मोहन सैँजु र माधुरी श्रोष्ठको भने प्रेम सम्बन्ध थियो, रिजालसहित साथीहरू पिकनिक गएछन् गोदावरीमा। माधुरी श्रेष्ठले मोहनलाई तार्गेट हान्दै हिन्दी गीत ‘हे मेरे हम सफर, रोक अपनी नजर नदखे इसकदर हे बढा वेसेवर’ भन्ने गीत गाइछन् त्यसपछि त हामीलाई के चाहियो र मोहनजीलाई खुब जिस्काइन्थ्यो। भोलिपल्ट मोहनजीले खुसुक्क बोलाएर हिजो माधुरीजीले गाएको गीत गाउँ भन्नुभयो। रिजाल सम्झन्छन्– मैले पनि मोहनजीले मात्र सुन्नेगरी कागजको सोली बनाएर मोहनजीका कानमा जोडेर गाएँ। 

स्नातकोत्तर पढ्न वनारस 

परिवारकै दबाबकोे कारण म स्नातकोत्तर पढ्न वनारस गएँ। अर्थशास्त्र लिएर स्नातकोत्तर गरेका रिजालको भारत बसाइ अहिले पनि सम्झिँदा हाँसो उठ्ने बताए। भएछ के भने उनीहरूको क्लास टिम पिकनिक गएछ। पिकनिकमा उनले अरूले लेखेका हिन्दी गीत र कविता सुनाएछन्। भोलिपल्ट एकजना केटी साथी उनको नजिक आएर बसिछन्। त्यतिबेला नेपालमा बरु केटाकेटी एउटै बेञ्चमा बस्ने चलन थियो तर भारतमा भने थिएन। रिजाल भन्छन्– त्यसपछि त म निलोकालो भएँ र उनी मेरो नजिक मात्र आएर बसिनन् मैले हिजो गाएका गीत र कविता साह्रै राम्रो भएको बताइन्।’ त्यतिबेला केटाकेटी बोल्नु मात्रै पनि ठूलो कुरा हुने रिजाल बताउँछन्। ती केटी साथीले मेरो पिछा गरिरहिन् उनले भने। एक दिन रिजाल रिक्सा चढेर काका बसेको ठाउँमा जाँदै थिए। बाटोमा ती केटी साथीले देखिन् र रिक्सा रोक्न लगाइन् अनि आफूलाई पनि त्यतै पु-याइदिन भनिन्। रिजालले अप्ठ्यारो मान्दै रिक्सामा राखे। ती केटी साथीले उनको भरपुर प्रशंसा गरिन्। घरको ठेगाना पनि दिइन्, आउन निम्ता पनि दिइन् त्यसपछि त मेरो हंसले ठाउँ छोड्यो। विकम पढ्दा नै बिहे गरेको कुरा रिजालले उनलाई बताए। आफू विवाहित भएको बताए पनि साथी बन्न सकिने कुरा ती केटीसाथीले बताइन्। रिजाल भन्छन्– म विकम पढ्दा नै काकाले एउटा केटीको फोटो देखाएर कस्तो छ भन्नुभयो। मैले यादै नगरी राम्रो छ भनिदिएँ। आखिरमा त्यो फोटो देखाउनुको कारण त बिहेका लागि पो रैछ। त्यसपछि त्यसको एक महिनामा बिहे भइहाल्यो। कलेजमा माया प्रेम भन्ने कुरा आफूले गर्न नपाएको रिजालले बताए। 

भारत बसाइको किस्सा यत्तिकैमा सकिएन रिजाल भन्छन्– वासुशशि नाम गरेका एकजना साथी थिए। उनले गंगा नदीमा डुंगा सयर गर्ने कुरा गरे। मैले पनि हुन्छ भनेँ, हाम्रो सहपाठी पनि हामीसँगै घुम्ने भनिन्, हामीले पनि स्वीका¥र्यौँ। तर जसै हामी २ घण्टा जति घुमेर फर्केका थियौँ। ती केटी साथीका बुबाले देखे। उनलाई मात्र गाली गरेनन्। हामीलाई पनि भन्नु नभन्नु गरेर गाली गरेँ। 

आफू कलेज पढ्दा रमाइलो भन्दा पनि पढाइमा बढी लत बसेको रिजालले बताए। सानो छँदा कक्षा फड्कालिदिएर बिग्रेको उनको पढाइ कलेजमा भने बिग्रिएन २४ वर्षमा स्नातकोत्तर पास गरेर पढाउन थालिसकेको उनले बताए। 

ऊ बेलाको पढाइ 

पहिला पहिला स्कुल पढ्दा खुब पिटाइ खाएको रिजाल बताउँछन्। कक्षा फड्कालिदिएपछि त मलाई स्कुल जान मन लाग्न छोड्यो। स्कुल जाने बेला घरबाट निस्केर छुट्टी हुन बेला घर पुग्ने गरेका रिजाललाई एक दिन पिताजीले थाहा पाएर बेस्सरी कुटेको बताए। मलाई जसले पनि कुट्थ्यो रिजाल भन्छन्। अनि मैले कसलाई कुट्न सक्छु त भनेर विचार गरेँ। मलाई अरूले पिटेको बेलामा छेकेर बचाउने फूपू हुनुहुन्थ्यो, उहाँ श्रीमान् बितेर माइतमै बस्नु हुन्थ्यो। अरूलाई कुट्न नसकेपछि मैले उहाँलाई भए पनि कुट्ने योजना बनाएँ। ‘यो योजनाअनुसार अँध्यारो कोठामा कस्तो मान्छे आएर बसेको छ भनेर पूmपूलाई बोलाएँ, फूपू पत्यार गरी आउनुभयो, कोठाभित्र पस्नुभयो, खोइ मान्छे भन्दै यताउता हेर्दै हुनुहुन्थ्यो, त्यत्तिकैमा पूmपूलाई सिर्कानाले ४÷५ पटक हिर्काएँ।’ त्यसपछि त फूपू आफू विधवा भएर हेपेको भन्दै रुन थाल्नुभयो। अब आफू कहिल्यै फकेर नआउने कुरा गर्नुभयो। त्यसपछि त म झसंग भएँ। उनी भन्छन्, ‘म फूपूको गोडा ढोगेर रुन थालेँ र अब यसो कहिल्यै नगर्ने हजुर नभएँ म पनि जोगी बनेर हिँड्छु भनेर रोएँ।’ त्यसपछि कहिल्यै कुट्न मन नलागेको रिजाल बताउँछन्। 

त्यतिबेला कलेजको पढाइ निकै राम्रो हुने गरेको रिजाल बताउँछन्। त्यतिबेला हामीले प्राध्यापक गुरुहरूलाई एकदमै सम्मान गथ्र्यौँ। गुरुहरूले पनि हामीलाई प्राण दिएर पढाउनुहुन्थ्यो तर अहिले भने त्यस्तो नभएको रिजाल बताउँछन्। अहिले विद्यार्थीमा कम लगनशीलता र प्राध्यापकहरूलाई धेरै कलेजमा पढाउने बाध्यता भएको कारण पनि शैक्षिक अवस्था अलि बिग्रेको रिजाल बताउँछन्। 

रिजाललाई कलेज जीवनले धेरै कुरा सिकाएको उनी बताउँछन्। कलेज लाइफमा जे गरिन्छ त्यो बानी हुन्छ। रिजाल भन्छन्– त्यतिबेला आफूलाई जेमा अभ्यस्त गराइयो पछि त्यही जीवन बन्ने उनले बताए। अन्त्यमा रिजालले एक कुरा भने भन्न छुटाउन्नन् जीवन भनेकै सम्झौता हो। सम्झौताले नै सबैसँग मिलेर बस्न सकिने बनाउने रहेछ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...