"

सिलवाल र चौधरीले सांसदको सपथ लिन पाउने, कसले पाउँदैनन् ?

शनिबार, १९ फागुन २०७४, २० : २३ कमलराज भट्ट


काठमाडौं – नेकपा एमालेको टिकटमा ललितपुर १ बाट निर्वाचित नवराज सिलवालले प्रतिनिधिसभा सदस्यको सपथ लिन पाउने भएका छन्। पूर्व डीआईजी समेत रहेका सिलवालमाथि आइजीपी बढुवासम्बन्धी कागजात कीर्तेमा मुद्दा चलिरहेको छ। उनीविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी भइसकेको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार तोकिएको संघीय संसदको प्रथम अधिवेशनबाट प्रतिनिधिसभा सदस्यहरुको सपथ हुँदैछ। सो कार्यक्रममा सिलवालसँगै टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीले पनि सपथ लिनसक्ने संसद् सचिवालयले जनाएको छ। टीकापुर घटनालगत्तै फरार रहेका चौधरी अहिले प्रहरी हिरासतमा छन्।

मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वारेसनामार्फत उम्मेदवारी दर्ता गराई कैलाली १ बाट भारी मतले निर्वाचित चौधरीले केही दिनअघि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। अदालतको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन्।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले फौजदारी मुद्दा लागेका चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका सिलवालको सम्बन्धमा कुनै निकायबाट लिखित रुपमा केही जानकारी नआएकाले उनीहरू उपस्थित भएर शपथ लिन सक्ने जानकारी दिए। ‘उहाँ (सिलवाल र चौधरी)को बारेमा हामीलाई कुनै निकायले सपथ रोक्नेगरी केही जानकारी गराएको छैन,’ उनले भने– ‘तोकिएको समयमा संसदमा उपस्थित हुनुभयो भने सपथ हुन्छ।’

यता एमालेबाट निर्वाचित सिलवाल शनिबार एमाले–माओवादी केन्द्रले आयोजना गरेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन्। उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट प्रशिक्षण लिए।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा सम्पर्कविहिन भएका सिलवाल ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक भएका थिए। उनी ओलीलाई बधाई दिन बालुवाटार समेत पुगेका थिए।

कसले सपथ लिन पाउँदैनन् ?

संसद् सचिवालयकाका अनुसार सिलवाल र चौधरीले सपथ लिन पाउने भएपनि राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेलले नपाउने भएका छन्।

तत्कालका लागि तीनै जनाको सपथ रोक्ने सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण उनीहरूको सपथ नहुने प्रवक्ता गौतमले बताए। तीन जनामध्ये युवराज खतिवडा सांसदको सपथ नलिइकनै अर्थमन्त्री भइसकेका छन्।

राष्ट्रियसभामा देउवाले सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई नयाँ सरकारले फिर्ता गरी नयाँ सदस्य सिफारिस गरेको र त्यसलाई राष्ट्रपतिले मनोनीत गरेपछि सर्वाेच्चमा रिट परेको थियो।

प्रतिनिधिसभाका २७५ सदस्यलाई ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ५९ लाई तारादेवी भट्टले आइतबार अपराह्न सपथ गराउने कार्यक्रम छ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...