"

केही दिनभित्रै कांग्रेस केन्द्रीय समिति बैठक : प्रवक्ता शर्मा

आइतबार, ३० पुष २०७४, १५ : २१ नागरिक


काठमाडौं – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन्। 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताउदै भने, “पार्टिभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्छ। ” 

हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल भइने उनकोे भनाइ थियो । प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पारे। 

नेता शर्माले काँग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट गर्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने बताए । नेता शर्माले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने जानकारी दिए। रासस






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सेलोमा भोट युद्ध र कविता

सेलोमा भोट युद्ध र कविता

शनिबारबाट राजधानीको शिल्पी थिएटरमा सुरु भएको ‘सेलो नाट्य महोत्सव–२०७५’को दोस्रो दिन दुई नाटक मञ्चन गरियो। ...

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...

बिहारी चाप्लिनको नेपाल यात्रा

बिहारी चाप्लिनको नेपाल यात्रा

भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते...