"

बायर्नको शीर्षता थप बलियो

आइतबार, ३० पुष २०७४, १० : ०२ एजेन्सी


बर्लिन– बायर्न म्युनिखले शुक्रबार बायर लेभरकुसेनमाथि ३–१ को सहज जित निकाल्दै जर्मन बुन्डेसलिगामा आफ्नो शीर्षता थप बलियो पारेको छ।

३२औं मिनेटमा हाभियर मार्टिनेजले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो । ५९औं मिनेटमा फ्रयाङ्क रिबेरीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए । रिबेरीले हामेस रोडरिग्वेजको पासलाई पोस्टको दिशा दिएका थिए।

खेल सकिन २० मिनेट बाँकी हुँदा केभिन भोल्यान्डले गोल गर्र्दै लेभरकुसनेलाई खेलमा फर्काउने प्रयास गरे । तर इन्जुरी समयको पहिलो मिनेटमा रोडरिग्वेजले फ्रि–किकमा गोल गर्दैै बायर्नका लागि ३ अंक पक्का गरेका थिए । बायर्नले लेभरकुसनको घरेलु मैदान बे एरिनामा सन् २०१३ पछि हात पारेको यो पहिलो जित हो।

रिबेरी र अर्का भेट्रान विंगर आर्येन रोबेनको बायर्नसँगको सम्झौता आगामी जुनमा सकिँदै छ। क्लबले दुवै जनालाई यसै हप्ता सम्झौता लम्ब्याउन प्रस्ताव गर्ने बताइएको छ।

‘म बायर्नमा बस्दासम्म क्लबबाट धेरैभन्दा धेरै गोल गर्न चाहन्छु,’ फ्रान्सका रिबेरीले भने, ‘लेभरकुसेन उत्कृष्ट टोली हो र उनीहरूविरुद्धको खेल सधैं कठिन हुने गर्दछ।’

यस जितपछि १८ खेलको समाप्तिमा ४४ अंक जोडेको बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा यथावत् छ। जुन एक खेल कम खेलेको दोस्रो स्थानको साल्केभन्दा १४ अंक बढी हो । २८ अंक जोडेको लेभरकुसेन चौथो स्थानमा छ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी : ट्रेजेडी टु...

रिकिस र सरु एसइई आइकन

विभिन्न स्कुलबाट एसइई दिएर बसेका किशोरकिशोरीबीच भएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइई आइकन २०१८’ काठमाडौं कपुरधाराका रिकिस चित्रकार र...

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

दीपकराज गिरी र दीपाश्री निरौला समूहको फिल्म ‘छक्का पन्जा ३’ र अशोक शर्माको फिल्म ‘जय भोले’ दशैंको फूलपातीका दिन भिड्ने...