१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनचाँदी व्यवसायीका सल्लाहकार नेताहरु सम्मानित

काठमाडौ– नेपाल सुनचाँदी व्यवसायी महासंघले संसदीय निर्वाचनमा विजयी भएका आफ्ना सल्लाहकार नेताहरुलाई शुक्रवार सम्मान गरेको छ ।  
यसपटकको चुनावमा सुनचाँदी व्यवसायी महासंघका चार जना सल्लाहकार नेताहरु विजयी भएका छन् । एमालेको तर्फबाट इलाम क्षेत्र नं २ बाट विजयी पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, रुपन्देशी क्षेत्र नं १ बाट विजयी एमाले स्थायी कमिटि सदस्य छविलाल विश्वकर्मा, काठमाडौ क्षेत्र नं ९ बाट विजयी कृष्णगोपाल श्रेष्ठ र काठमाडौ क्षेत्र नं १ बाट विजयी नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई नेपाली सुनचाँदी व्यवसायी महासंघले सम्मान गरेको हो । 

 

प्रकाशित: २८ पुस २०७४ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App