"

राष्ट्रपतिले भनिन्: तपाईहरु मिलेर आउनु भयो भने सहज हुन्छ

बुधबार, ०५ पुष २०७४, १२ : ३६ प्रशान्त लामिछाने  | @prasantaparbat


काठमाडौं- वाम गठवन्धनका नेताहरुले वुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। राष्ट्रिय सभा गठन सम्वन्धी अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति भण्डारीलाई दवाव दिइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख सुभाष नेम्वाङ शीतल निवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र नेताहरुबीच राष्ट्रिय सभा अध्यादेशबारेमा छलफल भएको थियो। राष्ट्रपति भण्डारीले अध्यादेशमा सहमति जटाउन आग्रह गरेकी छन्। भेटमा भण्डारीले दलहरुलाई मिलेर आउन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताए। राष्ट्रपति भण्डारीलाई उदृत गर्दै उनले भने, 'तपाईहरु मिलेर आउनुस्, त्यसो भए सजिलो हुन्छ', उनले भने, 'तपाईहरु मिलेर आउनु भयो भने सबै काम सहज हुन्छ।'

शीतल निवासमा करिब २ घण्टा भेटवार्ता चलेको थियो। एमाले माओवादीले वहुमतिय प्रणालीबाट राष्ट्रिय सभाको गठन गर्नुपर्ने माग गर्दै आएका छन् भने कांग्रेसले एकल संक्रमणीय प्रक्रियाबाट राष्ट्रिय सभाको गठन गर्नुपर्ने अडानमा छ।

 

 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...