१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उम्मेदबारको समूहबाटै आक्रमण

भक्तपुर- उम्मेदबारको एक समूहले भक्तपुरको भोलाछें मतदान केन्द्रमा स्वयमसेवकहरुमाथि आक्रमण गरेका छन्। वाम गठबन्धनबाट भक्तपुर क्षेत्र नं १ ख का उम्मेदबार रोमन सिलाकारसहितको ३०/३५ जनाको समूहमा आएका उनीहरुले भक्तपुर क्षेत्र नं. १ मा पर्ने भक्तपुर नगरपालिकाको वडा नं ६ मा स्वयम्सेवीहरूमाथि आक्रमण गरेको हो ।

आक्रमणबाट झण्डै एक दजर्न सामान्य घाइते भएका छन् । घाइतेमध्ये तीजनाको स्थानीयस्तरमै उपचार गर्नुपरेको छ। आक्रमणमा परी स्थानीय स्थानीइ प्रकाश थुसा, पूर्व वडाध्यक्ष कृष्णराम थुसा, केशव सत्ता, चन्द्र केशरी कुसाथा, रामदेवी थुसालगायत घाइते भएको घाइते प्रकाशले जनाए।

भक्तपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय निर्वाचन केन्द्रको करिब दुई सय मिटर बाहिर भोलाछेंमा मतदाताहरूलाई मतदाता नम्बर र क्रमसङ्ख्या भिडाएर सहयोग गरिरहेका स्वयम्सेवीहरुमाथि उनीहरुको आक्रमण गरेको जनाइएको छ। स्वयम्सेवीहरूको बचाउमा उभिएका आफूसहितको टोलीको कुरै नसुनी आक्रमण गरेको प्रकाशले जनाए।

 

प्रकाशित: २१ मंसिर २०७४ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App