१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

विवाहअघि नै गर्भवती मेघान ?

लन्डन– अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै चर्चा पायो । विवाहको सुरसार चलिरहँदा मेघान राजकुमार ह्यरीको पहिलो सन्तानको आमा पनि बन्न लागेको समाचारले विश्वमा सनसनी मच्चाएको छ।

बेलायतको एक पत्रिकाले स्रोतको  हवाला दिँदै मेघान गर्भवती भएको दाबी गरेको छ । विवाहपछि सन्तानको योजना नपाउँदै विवाहअघि नै मेगान गर्भवती भएपछि राजकुमार ह्यारीले मेगानसँग इन्गेजमेन्ट गरेर विवाहको हतारो गरेको हुन सक्ने सो समाचारमा बताइएको छ। पत्रिकाको दाबीलाई मिल्नेगरि, ह्यारीले हालैको एक अन्तरवार्तामा परिवारको योजना बारे बताएका थिए । ‘समयको एक खुड्किलो अगाडि बढेर हामी भविष्यमा परिवारको शुरुवात गर्नेछौं,’ उनले भनेका थिए, ‘मैले युवावस्थामा हुँदाखेरि नै बालबच्चाको चाहना राखेको थिएँ । म योग्य व्यक्तिको खोजीमा छु । जसले मेरो बालबच्चाको राम्रो ख्याल गरोस्।’

प्रिन्स ह्यारीले पनि मेगान गर्भवती भएको समाचार बाहिरिएपछि खुशी व्यक्त गरेका छन् । ‘उनीहरू राजपरिवारका आधुनिक अनुहार हुन् । त्यसकारण उनीहरू आफ्नो इच्छामा काम गर्न सक्छन् । यस्तो मामलामा पुरानो शैलीको राजघरानाको संहिता लागू हुँदैन ’ उनको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन्।

मेगानले ह्यारीसँग सम्बन्ध गाँस्नकै लागि ‘सुट्स’ नामको टेलिभिजन शो छोडेकी थिइन् । ‘म सात वर्षदेखि शोमा आबद्ध थिएँ । लामो समयसम्म काम गर्दा हामी भाग्यमानी अनुभव पनि गरिरहेका थियौं । मैले यो शोमा काम गरेकोभन्दा अहिले पनि गर्व लागिरहेको छ ’ उनले भनेकी छन् । मेगनले थुप्रै टेलिभिजन सिरिजमा अभिनय गरे पनि फिल्म भने जम्मा जम्मी ५ वटामा अभिनय गरेकी छिन्। 

प्रकाशित: २० मंसिर २०७४ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App