१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोबिन्हो बलात्कार मुद्दामा दोषी ठहर

रोम– एसी मिलान र रियाल मड्रिडका पूर्वस्ट्राइकर रोबिन्होलाई सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै बिहीबार इटालीको एक अदालतले नौ वर्षको जेल सजाय सुनाएको छ।

ब्राजिली स्ट्राइकर रोबिन्होलाई सन् २०१३ मा भएको उक्त घटनामा संलग्न भएको ठहर गर्दै उक्त सजाय सुनाइएको हो। उनीमाथि अल्बानियाकी २२ वर्षे एक युवतीमाथि बलात्कार गरेका आरोप लागेको थियो । सजाय सुनाउँदा उनी अदालतमा अनुपस्थित थिए । सो समयमा उनी सिरी ‘ए’ क्लब मिलानबाट व्यावसायिक खेल खेल्न इटालीमा थिए।

यही घटनामा रोबिन्होसँग उनका अन्य पाँच साथीमाथि मुद्दा चलेको थियो। त्यसमध्ये यसअघि नै एक आरोपीलाई ९ वर्षको सजायको फैसला भैसकेको छ भने अन्य ४ जनामाथिको सुनुवाई जारी छ।

‘रोबिन्हो र उनका साथीले उक्त युवतीलाई अत्यधिक मदिरा खुवाउँदै लठ्ठ पारेर पटक–पटक यौनसम्फर्क गरेका थिए,’ मिलानको कोरेरी डेल्ला सेराले उल्लेख गरेको छ।

साथै अदालतले घटनामा पीडित युवतीलाई ७१ हजार डलर उपलब्ध गराउन समेत आदेश दिएको छ।

रोबिन्हो हाल ब्राजिलको एट्लेटिको मेनइरोबाट घरेलु लिग खेलिरहेका छन् । उनले अदालतको फैसला लगत्तै सामाजिक सञ्जाल फेसबुक र इन्स्ट्राग्राममा एक सन्देश पोस्ट गर्दै आफू निर्दोष भएको र आफ्ना वकिलले उक्त फैसलाविरुद्धमा अपिल गर्ने उल्लेख गरेका छन्।

‘हामीले पहिल्यैबाट रोबिन्होमाथि लागेको आरोप कपोलकल्पित भएको र उनी निर्दोष भएको बताउँदै आएका छौं,’ उनका वकिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यसका विरुद्ध पुनः अपिल गर्नेछाैँ।’

रोबिन्होलाई महिलामाथि यौनर्दुव्यवार गरेको आरोप लागेको यो पहिलो पटक होइन । उनीमाथि सन् २००९ मा म्यानचेस्टर सिटीबाट व्यावसायिक खेल खेल्दा लन्डनको एक रात्रि क्लबमा एक युवतीमाथि दुव्र्यवहार गरेको अरोपमा पक्राउ गरिएको थियो। 

३३ वर्षे रोबिन्होले ब्राजिलबाट १ सयौ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

प्रकाशित: ९ मंसिर २०७४ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App