१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

कठमाडौं– नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ । थप, नेपाली फिल्ममा महिलाको चरित्र चित्रण ‘पितृसत्तात्मक’ सोचभन्दा पर जान सकेको छैन । नेपाली फिल्मको कुरा गर्दा बारम्बार सुनिदै आएका आलोचना शनिबार ‘मिररिङ दि वुमन्स रोल इन फिल्म इन्डस्ट्री’ शीर्षकमा भएको बहसमा महिला फिल्मकर्मीले पनि दोहो¥याए । समूहगत छलफलमा सहभागी सबै महिलाकर्मीको निष्कर्ष थियो, ‘ नेपाली फिल्ममा नारी चरित्रको चित्रण पुरुषवादको माखेसाङलोमा छ तर त्यो साङलो तोड्न सजिलो छैन ।’ ‘एकादेशमा इन्टरनेसनल फिल्म फेस्टिभल’को तेस्रो दिन डकुमेन्ट्रीमेकर रम्यता लिम्बू, कला निर्देशक मेनुका राई, पटकथा लेखक सम्पदा मल्ल र अभिनेत्री रिचा शर्माले ‘वुमन इन फिल्मस्’  अवधारणा अन्तर्गत भएको बहसमा सहभागिता जनाएका थिए।

मुम्बईमा रहेर सिरियल लेखनमा सक्रिय सम्पदा मल्लले संरचनात्मक समस्याका कारण चाहेर पनि महिलालाई सशक्त रुपमा चित्रण गर्न नसकेको यथार्थ उजागर गरिन्। 

‘फिल्म भनेको टिमवर्क हो । यसमा लगानी पनि धेरै ठूलो हुन्छ । त्यसैले एउटा मान्छेको रुचि वा ईच्छालाई मात्र केन्द्रमा राखेर कथा तयार पार्नु असम्भव हुन्छ,’ उनले भनिन्, ‘ समाजको सोचमै परिवर्तन ल्याउन सकियो भने मात्र महिलाको चरित्र चित्रणमा देखिदै आएका समस्या कम गर्न सकिन्छ । तर, जहाँसम्म आफूले त्यो ठाउँसम्म महिलालाई सशक्त रुपमा चित्रण गर्न म चुक्ने छैन।’

अभिनेत्री रिचा शर्माले अस्करमा पहिलो पल्ट अवार्ड जितेकी क्याथरिन विगलोको उदाहरण दिदै फिल्ममा महिलाको सहभागिता र चरित्र चित्रणको सवालमा नेपालले लामो बाटो तय गर्न बाँकी रहेको बताइन् । उनले भनिन् , ‘नेपाल र बलिउडको मात्र होइन हामीले आइकोनिक मान्ने हलिउले समेत ८६ वर्षपछि विगलोको रुपमा पहिलो अस्कर विजेता महिला निर्देशक पाएको थियो । अब हामी आफैं अनुमान गरौं हाम्रा यात्रा कति टाढा छ ।’ विगलोले ‘हर्टलकर’ फिल्मका लागि महिला निर्देशकको रुपमा पहिलो अस्कर अवार्ड जितेकी थिइन्। 

श्रोताको रुपमा टिप्पणी गर्दै सावित्रीमल्ल कक्षपतिले भने व्यवासायिक धारका फिल्म महिलालाई हेर्ने दृष्टिकोण परम्परागत भए पनि महोत्सवमा देखाइएका फिल्म पनि यो समस्या उस्तै रहेको बताइन्।

‘व्यवसायिक फिल्मका आफ्नै बाध्यता होलान् तर जसले आफ्नो रुचिको फिल्म बनाउँछु भनेर फिल्म बनाएको छ उसलाई के को बाध्यता ? तर, उनीहरूका फिल्म पनि महिलालाई हेर्ने दृष्टिकोण भिन्न छैन,’ मल्लले भनिन्, ‘महोत्सवमा यस्ता फिल्मले कसरी स्थान पाएका छन् । यस्ता फिल्म हेरेर हामीले चै के शिक्षा लिने,’ मल्लले भनिन् । छलफलमा कार्यस्थलमा हुने शोषणदेखि काम गर्दाका बखतमा हुने कठिनाइका सम्बन्धमा पनि चर्चा गरिएको थियो। 

समूहगत छलफलसँगै शनिबार ३१ फिल्म देखाइए । सतहमा नआएका मुद्दामा आधारित ‘लेट दियर बि लाइट’ थिम अन्तर्गत नेपालबाट निश्चल पौडलको फिल्म ‘वन डे इन दि लाइm अफ अ कन्भिक्ट’सँगै फिनल्यान्ड, बेलायत, स्पेन र फ्रान्सका फिल्म देखाउँदै फेस्टिभलको तेस्रो दिनको सुरुवात गरिएको थियो । योसँगै कुमारी हलको हल बिमा ‘पावर र रिजेलेन्स’ शीर्षक अन्तर्गत तीन फिल्म देखाइएका थियो । फिलिपिन्सबाट सहभागी ‘इमागो’, इटलीबाट सहभागी ‘भोइला’ सँगै चुनौती सामना गरेर सफलता हात पारेकी महिलाको कथा समेटिएको नेपालको  ‘ग्याल्मुज हाउस’ देखाइएको थियो ।
एकादेशमा फिल्म फेस्टिभलले यो साल बंगलादेशबाट सहभागी फिल्मलाई प्राथमिकताका साथ प्रदर्शन गरिरहेको छ । बंगलादेशबाट ११ फिल्म विभिन्न तीन खण्डमा राखेर प्रदर्शन भइरहेका छन् । शनिबार ‘मेड इन बंगलादेश’ शीर्षकमा आबद्ध दुई फिल्म प्रदर्शन भए । यसमा जन्नातुल फेरडुयस् निर्देशित ‘निरोबे’ र  महमुद अबु नासेर निर्देशित ‘एमआरपी’ थिए।

आइतबार समापनअघि २६ फिल्म देखाइनेछन् । बेलुकी समापन फिल्मसँगै विजेता फिल्महरूको घोषणा गरिनेछ । मनिषा कोइराला संयोजक रहेको निर्णायक समितिले विजेता फिल्मको घोषणा गर्नेछ । इटलीका पाओलो बेर्टोलिन  र बंगलादेशका मोस्तफा सरवर फारुकी निर्णायक समिति सदस्य छन्।

प्रकाशित: ३ मंसिर २०७४ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App