१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत वर्षकी विजेता स्टेफेन डेल भेलीले उनलाई मिस वर्ल्डको ताज पहिराइन् । 
मिस वर्ल्डको उपाधी जित्ने मानुषी छैठौं मिस इन्डिया हुन् ।यसअघि सन् २००० मा अभिनेत्री प्रियंका चोपडाले भारतको लागि मिस वर्ल्डको उपाधी जितेकी थिइन् । 
त्यस्तै फस्ट रनर अप मिस मेक्सिको एन्ड्रिया माजा र सेकेन्ड रनर अप मिस इंगल्याण्ड स्टेफनी हिल घोषित भएका थिए । भारत, मेक्सिको, इंगल्याण्डबाहेक फ्रान्स र केन्या मिस वर्ल्डको उत्कृष्ट ५ मा पुग्न सफल भएका थिए । 
यसवर्षको ब्युटी विथ प्रपोजको उपाधी भने भियतनाम, भारत, इन्डानेसिया, दक्षिण अफ्रिका र फिलिपिन्सले संयुक्त रुपमा जितेका थिए । 
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App