१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अवैध कोइला खानीमा नेपाली

फायरफ्लाइज इन द अबिस् (डकुमेन्ट्री)
निर्देशक : चन्द्रशेखर रेड्डी
नेपाल सरकार आफ्ना नागरिकप्रति देखाएका गैरजिम्मेवारी ‘फायरफ्लाइज इन द अबिस्’ डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ । भारतको मेघालयको अवैध कोइला कारखानामा काम गर्ने नेपालीहरु कथा डकुमेन्ट्रीमा समेटिएको छ । कुनैपनि उपयोगी औजारबिना पहाडको माथिल्लो भागबाट करिव दुई सय मिटर तल पुगेर उनीहरु काम गर्न बाध्य छन् । दुई सय मिटर तल खोल्चोभित्र न प्रयाप्त अक्सिजन छ, न तत्काल आवश्यक पर्ने प्राथमिक उपचार । कोइला खोस्राउन सुरुङभित्र पसेका कामदारलाई मुसाले टोक्दा विवश भएर हाँस्न बाध्य छन् । कहिले पहाडको माथिल्लो भागबाट ढुंगा खसेर अकालमा ज्यान गुमाउन पर्छ भन्ने स्वयं कामदारलाई थाहा छैन् । हरेक वर्ष कामको सिलसिलामा मेघालय पुगेका नेपाली कामदारहरु अवैध कोइला कारखाना ढुंगाले पुरिएर मरिरहेका छन् ।
मेघालय पुगेका नेपालीहरु फकिएर नेपालमा काम गर्ने सपना बुनेका छन् । उनीहरुको सपनामा तुसारापात गर्दै राज्य मौन बसेको छ । परिवारसहित अवैध कोइला खानीमा काम गर्न पुगेका नेपालीहरुले भारतमा सानो नेपाल बनाएका छन् । डकुमेन्ट्रीका मुख्य पात्र ११ वर्षीय सुरज साँघुरो सुरुङजस्तो खाल्डोमा घस्रिंदै कोइला खोस्रिरहेको छ । पढ्न चाहने आमा गुमाएका उनी, जड्याँहा बाबु, दिदी र भिनाजुसँग बस्छन् । अधिंकाश नेपाल आप्रवासीजस्तो उनीले पनि कोइला खोस्रिने जीवन चलाइरहेका छन् । जोखिमपूर्ण कोइला खानीमा साहस बटुलेर दिनरात मेहनत गरिरहेको उनले एक्कासी स्कुल जाने अवसर पाउँछन् । डकुमेन्ट्रीमा सुरज भन्छन्,‘ए फर एप्पल, बि फर बल, सि फर कोल ।’
निर्देशक रेड्डीले सुरुङको अध्याँरोभित्रको कोइलासँगका दृश्य डकुमेन्ट्रीमा समेटेका छन् । मानवीय संघर्षभित्रको कथालाई निर्देशकले क्यामेराको माध्यमबाट प्रस्तुत गरेका छन् । ८८ मिनेट लामो डकुमेन्ट्रीभित्र देखिएका सबै चरित्रको सपना र वास्तविकता फरक छन् । डकुमेन्ट्रीभरीे मेघालयका कोइला खानीमा काम गर्ने नेपाली आप्रवासीहरुको दुःख समेटिएको छ । यस फिल्मले सन् २०१६ को अन्तराष्ट्रिय डकुमेन्ट्री र सर्ट फिल्म महोत्सव अन्तर्गत उत्कृष्ट लामो इन्टरनेशनल डकुमेन्ट्री अवार्ड जितेको थियो ।
ललितपुरस्थित दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको ‘फिल्म साउथ एसिया’ को अन्तिम दिन आइतबार फायरफ्लाइज इन द अबिस् नामक डकुमेन्ट्री प्रदर्शन हुँदैछ ।  त्यसबाहेक केसाङ छेटेनको ‘हस्पिटल’, ‘द ओर्कर कप’, ‘अफ्गानस्थान नाइट स्टोरिज्’, ‘द कलर्स् अफ माइ होम’, ‘अप डाउन एन्ड साइडवेस्’, ‘रोसी’ र ‘मेसिन’ लगायत डकुमेन्ट्रीहरु प्रदर्शन हुनेछन् ।

 

प्रकाशित: १८ कार्तिक २०७४ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App