"

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा, चुनाव चिन्ह आँखा लिने

शुक्रबार, २७ असोज २०७४, १७ : २९ नागरिक


काठमाडौं- पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

पार्टीको संघीय सचिवालयको विस्तारित बैठकले गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको हो। यस अघि नयाँ शक्ति वाम गठवन्धनमा रहेर सूर्य चिन्हबाट निर्वाचनमा जाने घोषणा गरेको थियो।

'आँखा चुनाव चिन्ह लिएर चुनावमा जाने निर्णय गरेका छौं,' नयाँ शक्तिका संगठन विभाग प्रमुख गंगा श्रेष्ठले भने, 'तर नयाँ शक्तिले वाम गठवन्धन छोडेको छैन।'

संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने नयाँ शक्तिले निर्णय गरेको छ । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने समेत पार्टीले घोषणा गरेको छ।

यस्तै डा. बाबुराम भट्टराई – गोरखा–२, कृष्णकुमार चौधरी – कैलाली–३, दानबहादुर चौधरी – कपिलबस्तु–१, प्रेम तामाङ – रसुवा र मदन राई – खोटाङ बाट उम्मेदवार हुने समेत पार्टीले जनाएको छ।

 

 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको...

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

साहित्यकार डा. डिआर उपाध्यायको उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक भएको छ। ...

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

पत्रकार तथा कवि फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा उत्कृष्ट बनेको छ। ...

रंग उत्सवमा नेपाल-भारत  नाटक

रंग उत्सवमा नेपाल-भारत नाटक

नेपाल र भारतका ६ नाटकको मञ्चन शुक्रबारबाट राजधानीमा शुरु भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बत्तिसपुतलीस्थित शिल्पी...