१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेलासपुरमा सवैको श्रमदान

बेलासपुर मन्दिरको ढलानमा श्रमदान गर्दै क्रमश, दायाबाट प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी, नेपाली सेनाका प्रमुख ।

दैलेख–सदरमुकामकै प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बेलासपुर मन्दिर निर्माणको क्रममा सवैले श्रमदान गरेका छन्। मन्दिरको ढलान निमार्ण कार्यमा स्थानीय विकास अधिकारीदेखि प्रहरी प्रमुखसम्मले श्रमदान गरेका हुन्।

धार्मिक रुपमा महत्वपूर्ण रहेको बेलासपुरको शनिबार भएको पहिलो तला ढलानमा पुगेका स्थानीय विकास अधिकारी हरि प्याकुरेल, समसुर गुल्मका गुल्मपति सुर्यकान्त घिमिरे, दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओली, कार्यालयका कर्मचारी, स्थानीय, सेना र प्रहरीहरुले एक दिन श्रमदान गरेका हुन्। उनीहरुले हातहातमा तसला समाएर एकले अर्कालाई दिएका थिए।

आफूहरुले देखावटी रुपमा नभई मनैदेखि श्रमदानका लागि मन्दिरमा आएको उनीहरुले प्रतिक्रिया दिएका छन्। धार्मिक विश्वास र आस्थाले नै आफूहरु श्रमदान दिन आएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए। मन्दिर बनाउन प्रयाप्त बजेट नभएका कारण स्थानीय पनि स्वस्र्फुत रुपमा श्रमदानमा सहभागी भएका थिए।

नेपाली सेनाका जवान र प्रहरीबाट शनिबार ढलानमा राम्रो सहयोग पाईएको बेलासपुर मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र शाहीले बताए। ‘यहाँ सवैलाई हौसला दिनकालागि श्रमदान गर्न प्रहरी प्रमुख, सेनाका प्रमुख र स्थानीय विकास अधिकारी पनि आउनु भयो,’ अध्यक्ष शाहीले भने, निर्माण कार्यमा प्रयाप्त बजेट नहुँदा निकै समस्या परेका बेला श्रमदानले ठूलो सहयोग गर्यो।’

आफूहरु बेलासपुरमा भैरहेको निर्माण कार्यमा श्रमदान गरेर पुण्य कमाउने काम गरेको श्रमदान गर्न आउने सहभागीको भनाइ छ। मन्दिर निर्माणमा जिल्ला विकास समितिले ८ लाख र पर्यटन कार्यालय कोहलपुरले ८ लाख रुपैयाँ खर्च गरेका छन् ।

 

प्रकाशित: १५ श्रावण २०७३ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App