१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अवतार सिक्वेलमा केट

लसएञ्जल्स- सर्वाधिक कमाइमा विश्व कीर्तिमान कायम गर्न सफल हलिउड फिल्म ‘अवतार’ का एक दुई होइन पाँच सिक्वेल आउँदैछन् । सन् २०२० देखि सुरु हुने सिक्वेलको शृंखला सन् २०२५ सम्म चल्नेछ । तर, पहिलो शृंखलाका प्रशंसकलाई थप खुसीको खबर के छ भने फिल्मका आउँदा शृंखलामा सर्वाधिक कमाइमा दोस्रो नम्बरमा रहेको फिल्मकी हिरोइन पनि स्टारकास्टमा सामेल भएकी छन् ।

‘अवतार’ पछि  सर्वाधिक कमाइ गर्ने सूचीमा रहेको फिल्म ‘टाइटानिक’ की हिरोइन केट विन्स्लेट ‘अवतार’ का बाँकी भागमा देखिनेछिन् । ‘टाइटानिक’ का निर्देशक जेम्स क्यामरुन ‘अवतार’ सिरिजका पनि निर्देशक हुन् ।

लसएञ्जल्सबाट प्रकाशित समाचारपत्र पिटिआईका अनुसार क्यामरुनका फिल्ममा केटको पुनरागमन करिब दुई दशकपछि सम्भव भएको हो । ‘अवतार’ का चार भागको प्रदर्शन मिति तय भइसकेको छ । पहिलो सिक्वेल सन् २०२० को १८ डिसेम्बरमा रिलिज हुनेछ भने त्यसपछिको शृंखलाका लाागि १७ डिसेम्बर २०२१ को मिति तय भएको छ । चौथो भाग २० डिसेम्बर २०२४ मा रिलिज हुनेछ भने पाचौं भाग १९ डिसेम्बर २०२५ मा रिलिज हुनेछ ।

क्यामरुनले केटसँग लामो समयदेखि काम गर्ने इच्छा रहेको भए पनि सही कथा नहुँदा काम गर्ने मौका नमिलेको बताएका छन् । ‘केटसँग काम गर्न म पहिलेदेखि नै उत्सुक थिएँ । २० वर्षपछि बल्ल उनलाई सुहाउने भूमिका भेटें । अवतारको चरित्रमा उनलाई देख्न दर्शकझैं म पनि आतुर छु,’ क्यामरुनले भनेका छन् ।

क्यामरुनले दोस्रो भागको सुटिङका केही सेड्युल पूरा गरिसकेका छन् । सभ्य मानिस र आदिवासीबीचको लडाइँमा आदिवासीको जितको कथाले विश्वभरबाट २८ अर्ब डलर कमाइ गरेको गरेको थियो । दोस्रो स्थानमा रहेको ‘टाइटानिक’ ले भने विश्वभरबाट २१ अर्ब डलर कमाइ गरेको थियो ।

 

प्रकाशित: १९ आश्विन २०७४ ०४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App