१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रौतहटमा मनोनयन दर्ता सुरु

मनाेनयन दर्ताका लागि उपस्थित उम्मेद्वारहरू । तस्बिर : मदन ठाकुर

रौतहट – तेश्रो चरणको स्थानीय तहको निर्वाचनको लागि रौतहटमा उत्साह पुर्वक मनोनयन दर्ता सुरु भएको छ । असोज २ गते हुन गइरहेको स्थानीय तह तेश्रो चरणको निर्वाचनका लागि बुधबार बिहानै देखि १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा स्थानीय तहको उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर धमाधम मनोनयन दर्ता गराइरहेका छन् ।

अहिले स्वतन्त्र उम्मेदवारहरूको मनोनय दर्ता गराउनमा भिड लागेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा लगायतका प्रमुख दलहरू अपरान्हको समयमा दर्ता गराउन आउने निर्वाचनको कार्यालयले जनाएको छ ।

जिल्ला मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले रौतहटको १६ नगरपालिका र २ गाउँपालिकामा सहज एवं छरितो ढंगबाट उम्मेद्वारहरूको मनोनयन दर्ता गर्न आवश्यक कर्मचारी खटाइएको बताए । उनले मनोनयन दर्ता हुने स्थलमा ५ बजे सम्म आएका उम्मेदवारको हकमा राति भएपनि मनोनयन लिने स्पष्ट पारे । निर्वाचन अधिकृतहरूको कार्यालय स्थालमा अहिले व्यापक रुपमा सुरक्षाको प्रवन्ध मिलाइएको हुँदा उम्मेदवारहरूलाई निर्धक्क भई मनोनयन दर्ता गराउन समेत उनले आग्रह गरे ।

१८ वटा स्थानीय तहमा १८ मेयर, १८ उपमेयर, १५७ वडा सदस्य, सदस्य ६२८ गरी कुल ८२१ जना पदाधिकारी चयन हुने छ । जिल्लामा २७७ मतदान स्थल र ४३४ मतदान केन्द्र कायम गरिएको छ । मनोनयन दर्ता भएको दिन देखि निर्वाचन तथा मतगनणासम्म जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए । 

प्रकाशित: २१ भाद्र २०७४ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App