१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एमाले नेता योगेश भट्टराई लण्डन आउने

लण्डन—नेकपा एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराई वेलायत आउने भएका छन्। अगामी २ जुलाईमा लण्डनमा आयोजना हुने वेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रबासी नेपाली मञ्च यूकेको चौथो अधिवेसनमा भाग लिन भट्टराई लण्डन आउन लागेको  मञ्चका अध्यक्ष रामशरण सिमखडाले जानकारी दिए। 

लण्डनस्थित ह्यारो फुटबल क्लबमा सम्पन्न हुने सो अधिवेसनलाई पोलिटब्युरो सदस्य पूर्वमन्त्री युवराज कार्कीले समेत सम्वोधन गर्ने कार्यक्रमतय गरिएको मञ्चले जनाएको छ। सो अधिवेसन तयारीका लागि रेडिंग, साउथ इस्ट लन्डन, नर्थ वेस्ट, साउथ वेस्ट गरी बिभिन्न चार वटा इलाकाको क्षेत्रीय भेला सम्पन्न भैसको छन्। 

स्कटल्याण्ड, वेल्स तथा वेलायतका बिभिन्न शहरहरुबाट प्रतिनिधि तथा पर्यबेक्षकहरुको उपस्थिती रहने सो अधिवेसनलाई वेलायतका नवनिर्वाचित सांसद ब्यारी गार्डनर लगायत यहाँस्थित विभिन्न संघसँस्थाका प्रतिनिधीहरुले सम्वोधन गर्ने भएका छन्। 

नयाँ नेतृत्वको निर्वाचनका लागि डा. बिष्णु घिमिरेको संयोजकत्वमा प्रा पदम सिमखडा र शेखर शर्मा वाग्ले सदस्य रहेको एक निर्वाचन समिति गठन गरिएको छ ।  मञ्चको अध्यक्ष पदका  लागि पूर्व महासचिव राजेन्द्र पुडासैनी र रविन्द्र कँडेलले आकांक्षा देखाएका छन्।

प्रकाशित: ८ असार २०७४ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App