१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तेह्रथुममा जीप दुर्घटना,११ घाइते

पाँचथर – तेह्रथुमको अठराइबाट फिदिम तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

आइबार बिहान फिदिम आउँदै गरेको को.१ ज. २३८५ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराइको चुवानडाँडाबाट तल खसेर  दुर्घटना भएको हो ।

घाइतेहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर तीन जनालाई विपि कोइराला विज्ञान प्रतिठान  धरान रिफर गरीएको छ । गिता कटेल, तुलसा बाँस्कोटा र जमुना कटेल रिफर गरिएको हो  । 

घाइतेहरूमा दिक्षा इङ्नाम, विमला सुवेदी, दिपसन रोक्का, जमुना ओली, सुसिला न्यौपाने, रमेश गौतम, चक्र इङनाम, रुपा इङ्नाम रहेका छन् । उनीहरू मध्ये केहीलाई थप उपचारका लागि धरान रिफर गर्न सकिने चिकित्सकको भनाई छ  ।

दुर्घटना पश्चात सवारी चालक भने फरार छन् ।

प्रकाशित: २४ वैशाख २०७४ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App