"

पेशाकर्मीको राजनीतिक निरपेक्षता

मङ्गलबार, ०१ चैत २०७३, ११ : ५१ डा सुभाष पोखरेल


विश्वेश्वरप्रसाद कोइराला संयुक्त राज्य अमेरिकामा क्यान्सरको इलाज गर्न आउँदा त्यहाँ अध्ययन तथा पेशा गर्ने नेपालीले परामर्शका क्रममा आफूहरूले देशमा प्रजातन्त्र पुनस्र्थापनाका खातिर के कसरी योगदान गर्न सकिन्छ ? आफूहरूले दक्षताका काम छोडी नेपाल गएर राजनीतिमा प्रवेश गर्ने हो कि भन्ने प्रश्न गरे । प्रतिउत्तरमा नेता कोइरालाले प्रोफेसनल काम गरेर विदेशमा बसेका नेपालीले सशरीर नेपाल आएर पोलिटिक्समा होमिँदा भन्दा आआफ्नो स्थानबाट देश र प्रजातन्त्रका लागि योगदान गरिदिँदा राम्रो हुने बताए । शायद आफूले प्रोफेसनल क्षमता देखेर पत्याइ राजनीतिमा अग्रस्थान दिएर ल्याएका डा. तुलसी गिरी र विश्वबन्धु थापाले दिएको राजनीतिक घोकाधढीले आजित भएर पनि होला, बिपी पेशागत व्यक्तिहरुको राजनीतिक आगमनभन्दा प्रोफेसनल क्षमता अभिवृद्धिको पक्षमा रहे । दक्षता हासिल गरेका व्यक्तिहरूले कुनै पनि दलको झण्डा बोकेर भन्दा स्वतन्त्र नागरिकको हैसियतले प्रजातन्त्रका खातिर अधिक योगदान गर्न सक्छन् भन्ने बिपीको मान्यताको समसामयिक सान्दर्भिकता यस लेखको उद्देश्य रह्यो । 

पेशागत व्यक्तिहरूले राजनीतिक रुमलोमा मुछिनुको बदला बिपी कोइरालाले भनेझैं आआफ्नो क्षेत्रबाट नागरिक समाजको मजबुतीकरणमा ध्यान दिनु आवश्यक देखिन्छ ।

फिल्मी सफलताका कारण भारतीय अभिनेता अमिताभ बच्चन हिन्दुस्थानभर लोकप्रिय थिए । जहाँ जाँदा पनि लाखौँको संख्यामा मानिस उनको मुहार हेर्न आउने । आफ्नो अनुहार हेर्न त यत्रा जनता आउँछन् भने आफूले चुनावमा उठे पक्का जितिने ठहर गरे कलाकार बच्चनले । नभन्दै उनले १९८४ को निर्वाचनमा कांग्रेस आईको तर्पmबाट चुनावमा भाग लिए । उत्तर प्रदेशको मुख्य मन्त्री भइसकेका वरिष्ठ राजनीतिज्ञ हेमवतीनन्दन बहुगुणालाई पराजित गरी लोकसभा सदस्य बने बम्बैया कलाकार । तर विगतमा भारतका लोकप्रिय अमिताभ बच्चन खुम्चिएर एउटा निश्चित दलको सीमित दायरामा पुगे । अन्य पेशागत क्षेत्रबाट आएकाले उनले राजनीतिमा उल्लेख्य भूमिका खेल्ने सम्भाव्यता रहेन । संसद्मा कुनै पनि उल्लेख्य काम गर्न सकेनन् अनि ३ वर्षपछि लोकसभाबाट राजीनामा गरेर फेरि चलचित्र फिल्डमा फकिए अमिताभ । वरिष्ठ कलाकर्मी अमिताभ वच्चनले त्यसपछि बारम्बार भन्ने गरेका छन कि आफूले राजनीतिमा लागेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेँ । एउटा पेशामा दक्षता हासिल गरेको व्यक्तिले अर्को व्यवसायमा हात हाल्नुको बदला आफ्नो योग्यताको साधनामार्पmत देशको सेवा गर्नुपर्ने भन्छन् सिने कलाकार अमिताभ ।

बंगलादेशका अर्थशास्त्री एवं ग्रामीण विकास बैंकका प्रबर्धक महमद युनिसले ग्रामीण भेगका गरिबलाई वित्तीय ऋण प्रवाह गरेर उनीहरूको आर्थिक अवस्थामा उल्लेख्य सुधार गरेका कारण सन् २००६ मा नोबल पुरस्कार पाए । प्राध्यापक युनुसले स्थापना गरेको ग्रामीण विकास बैंकको अवधारणा नेपाललगायत संसारका विभिन्न देशमा पैmलियो । राजनीतिक हस्तक्षेपका कारण नेपालमा असफल भए पनि विश्वका धेरै देशका गरिब नागरिकको आर्थिक अवस्था उकास्यो ग्रामीण विकास बंैकले । आफूले सुरु गरेको लघु वित्त अवधारणाले संसारभर सफलता हासिल गरेको खबरले उत्साहित भएका डा. युनिसले नोबल पुरस्कार पाउनेबित्तिकै बड्गलादेशको कायापलटका लागि आफू राजनीतिमा होमिने बताए । राजनीतिमा आउने घोषणा गर्नेबित्तिकै विगतमा बड्गलाबासीका सर्वोच्च लोकप्रिय व्यक्तित्व सीमित कोटरीको घेरामा पुगे । विगतमा प्रोफेसनल सहयोग गर्ने सहयात्रीहरु राजनीतिक अभियानको घोषणा गर्नेबित्तिकै आफूसँग टाढिँदै गएको महसुस गरे उनले । माइक्रोक्रेडिटमा सफलता हासिल गर्नु र देश हाँक्नु फरक फरक पाटो भएकाले आफूहरूले प्राध्यापक युनिसको राजनीतिक अभियानमा सहयोग गर्न नसक्ने जनाउ दिएरै उनका सहयोगी बाहिरिएपछि सिने कलाकार बच्चनझँै प्राध्यापक युनिसले पनि आफू राजनीतिका लागि योग्य व्यक्ति नभएको घोषणा गरे । अनि उनले अब राजनीति नगर्ने बरु बैककै उत्थानमा समय खर्चने भने । तर प्राध्यापक युनिसले राजनीतिमा लाग्ने सार्वजनिक घोषणा गर्नेबित्तिकै ग्रामीण विकास बैकमा राजनीतिक कुरीति प्रवेश ग¥यो अनि हँुदाहँुदा आपैmँले स्थापना गरेको बैंकको नेतृत्व छाड्नुपर्ने अवस्थामा पुगे उनी । सफलताको चुलीमा पुगेको ग्रामीण विकास बैकको वित्तीय अवस्थामा संस्थापक युनिसको राजनीतिक महत्वाकांक्षले नकारात्मक प्रभाव पा¥यो । प्रोफेसनल सफलताबाट शिखर चुमेर सारा संसारले आदर गरेका व्यक्ति राजनीतिक महत्वाकांक्षाले राजनीतिक विवादमा परे । 

एमालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले भ्याट छली गर्ने व्यक्तिलाई कारबाही गर्न आनाकानी गरेपछि अर्थसचिव रामेश्वर खनालले पद त्याग गरे । पेशागत अडानका कारण उनी रातारात सेलेब्रिटी बने । उनले भनेका र गरेका कुरा अखबारको मुख्य पृष्ठमा छापिन थाले । भरतमोहन तथा भ्याटको नक्कली कारोबारमा संलग्न व्यापारीबाहेकका नजरमा खनाल आदरणीय बने । अर्थतन्त्र सम्बन्धमा खनालले बोलेका कुरा बौद्धिक खुराकका विषय भए, दलीय चासोका बिषय बन्थ्यो । भरतमोहनबाहेक अन्य एमालेका नेतासमेत सचिव खनालका प्रशंसक थिए । प्रशासक खनाललाई आफ्ना विचार सबैले मनन गरेरमात्र चित्त बुझेन, बरु कुनै दलको सदस्य बनेर राजनीतिक मार्गमार्पmत आफ्ना विचार देश हितमा लगाउने महत्वाकांक्षा जाग्यो । निर्वाचनको घोषणा हुनेबित्तिकै नेपाली कांग्रेसमा प्रवेश गरे अनि उमेदवार हुने आफ्नो इच्छा व्यक्त गरे । एउटा पार्टीको सदस्यता लिएपछि खनालका कुरा कांग्रेसको विचार बन्न पुग्यो अनि उनका धारणाले अन्य वर्गलाई आकर्षित गर्न सकेन । दलको सदस्य भएपछि उनका विचार संकुचित भए, तोलाको बोली खोलामा पुग्यो । ‘झट मगनी पट विवाह’ को रफ्तारमा पार्टी प्रवेश गरेका खनाललाई कांग्रेसले गत निर्वाचनमा उमेदवार नबनाएपछि उनी बाबुराम भट्टराई निकट पुगे । दश वर्षपछि उनी कुन दलसँग आबद्ध होलान् त्यो सरोकारको विषय नरहला । तर राजनीतिक दलहरूसँग क्षणिक सहबासको बदला अर्थप्रशासन सम्बन्धमा आफ्ना स्वतन्त्र धारणा सार्वजनिक गरेका भए खनालको अनुभवबाट देशले लाभ लिन्थ्यो होला । प्रोफेसनल दक्षतालाई राजनीतिमा समिश्रण गर्दा सकारात्मक परिणाम नआउने अभिनेता बच्चन र प्राध्यापक युनिसको नियतिको मारमा प्रशासक खनाल पनि परेभन्दा अन्यथा नहोला । 
देवेन्द्रराज पाण्डे, भेषबहादुर थापा तथा हर्क गुरुङ आआफ्ना क्षत्रमा उपल्लो दक्षता हासिल गरेका व्यक्ति हुन् । पञ्चायतीकालमा प्रधानमन्त्री सूर्यबहादुर थापासँग टक्कर लिएर रामेश्वर खनालभैmँ अर्थसचिवको पदबाट राजीनामा गरेका पाण्डे प्रशासनिक तथा आर्थिक पारदर्शितामा उल्लेख्य काम गरेबापत कृष्णप्रसाद भट्टराईको सरकारमा अर्थमन्त्री बने । त्यस्तै संयुक्त राज्य अमेरिका तथा भारतका लागि राजदूतको दायित्व निर्वाह गरेका भेषबहादुर थापा नेपालका उच्चस्तरका कूटनीतिज्ञ हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्षितिजमा परिचित गराउन थापाको उच्च कूटनीतिक दक्षताले भूमिका खेलेकै हो । अनि नेपालको भौगोलिक बनोट तथा क्षेत्रीय विकासलाई नजिकबाट नियालेका हर्क गुरुङ देशलाई १४ अञ्चल र ७५ जिल्लामा भौगोलिक विभाजन गर्ने आर्किटेक्टमात्र होइनन बरु भौगोलिक विविधतामा आधारित विकास कार्यक्रमको अवधारणासमेत उनैले ल्याए । आआफ्ना क्षेत्रमा उच्च दक्षता हासिल गरेका पाण्डे, थापा र गुरुङको शौक्षिक योग्यता पनि लोभलाग्दो छ । तर तिनै हस्तीले बहुदलीय संसदीय निर्वाचनमा उमेदवार भएर जमानतसमेत बचाउन सकेनन् । शर्मनाक हार बेहोर्न पुगे उनीहरू । देशको वर्तमान निर्वाचन प्रक्रियामा व्यक्तिको पेशागत दक्षता र निर्वाचन परिणामबीच तालमेल भएको देखिन्न ।
गत महिना बिबिसी नेपाली सेवाका रवीन्द्र मिश्र आफ्नो पत्रकारिता पेशालाई तिलाञ्जलि दिएर राजनीतिमा होमिए । आपैmँले लेखेका पुस्तकको पारिश्रमिकको हिस्सा काटेर गरिव बासिन्दलाई आर्थिक सहयोग गर्नेदेखि विदेशमा बस्ने नेपालीसँग आर्थिक सहयोग बटुल्दै नेपाल र नेपालीको हितमा उनले काम गरेकै हुन् । एउटा स्वतन्त्र नागरिक रवीन्द्र मिश्रले सञ्चालन गरेको लोकहितका कार्यक्रममा सबै दल तथा पक्षका नागरिकले निसर्त सहयोग गरेको कुरा सर्वविदितै छ । तर त्यो स्वतन्त्र रवीन्द्र मिश्रले दलको आवरण बोकिसकेको अवस्थामा उनलाई अन्य दलका समर्थकले सहयोग गर्ने अवस्था कति होला ? हर्क गुरुङ तथा देवेन्द्रराज पाण्डेलाई जमानत जफत गराउने जनताले मिश्रको दललाई कति सहयोग गर्ला समयले बताउला नै । तर देशको राजनीतिक संस्कार तथा शैक्षिक तथ्यांकमा ठूलो अन्तर नआएको वर्तमान अवस्थामा मिश्रको दलको राजनीतिक हैसियतको आकलन गर्न भने नसकिने होइन । हजारौँ दर्शक भेला भए भन्दैमा अमिताभ बच्चनले राजनीतिमा हात हाल्नु, नोबल पुरस्कार पाउने पहिलो नागरिक बनेर बंगलादेशको नक्षत्र घाषित हुनेबित्तिकै सारा देशवासीले आफूलाई समर्थन गर्ने आकलनमा प्राध्यापक युनिसमा राजनीतिक नशा चढ्नु, अनि भरतमोहनसँगको वैचारिक विभेदमा राजीनामा गरी एक्कासि सेलेव्रिटी भएका रामेश्वर खनालमा सार्वजनिक पदभार बहन गर्ने अभिलाषा हुनु मानवीय कमजोरी मान्न सकिएला । तर शैक्षिकरूपले काविल हुँदाहँुदै पनि विदेशमा पसिना बगाउनुको बदला स्वदेशमै बसेर समाजसेवामा लाग्ने, लोकसेवा पास गर्ने हैसियत हुँदाहँुदै पनि सरकारी जागिर गरेर परिवारिक सुखसयलमा लिप्प हुनुको बदला सामाजिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने तथा पञ्चायती व्यवस्थाको काला दिनमा राजतन्त्रविरुद्ध ज्यान हत्केलामा राखेर हिँडेका व्यक्तिको बदला राजनीतिकरूपले प्रतिकूल अवस्थामा जागिरे जीवन व्यतीत गर्ने, विदेशमा विलासी दिन बिताउने अनि जीवनको उत्तरार्धमा समाज परिवर्तनका लागि राजनीतिमा होमिएको उद्घोष गर्ने व्यक्तिलाई जनताले कति पत्याउलान् ?
डा. गोविन्द केसीको मेडिकल शिक्षा सुधारमा अतुलनीय योगदान छ । उनको आमरण अनशनले देश हल्लाउँछ । उनको एकमात्र स्वार्थ भनेको स्वास्थ्य क्षेत्रको सुधारभन्दा अन्य देखिन्न । तर कदाचित उनले बारम्बार भोक हड्ताल गर्नुभन्दा आपैmँ स्वास्थ्य मन्त्री बनेर यो क्षेत्रमा आमूल परिवर्तन गर्न चुनाव लड्ने ठहर गरे के होला ? शायद उनको हालत भेखबहादुर थापाको जस्तो होला । जनताले चिनेको डा. केसी सत्याग्रहमार्पmत कुबाटोमा जान लागेको मेडिकल शिक्षालाई सुमार्ग दिने अभियन्ता हुन् । उनलाई जनताले सत्याग्रहमा समर्थन गर्छ, राजनीतिमा होइन । 
देशको राजनीतिले बाटो बिराएको छ । धानिनसक्ने जनप्रतिनिधिको संख्या, समावेशी तथा समानुपातिक प्रतिनिधित्वको दुरुपयोग, चरम भ्रष्टाचारलगायतका विकृति खराब राजनीतिक पद्धतिका उपहार हुन् । अन्यथा, प्रचण्ड, बाबुराम, शेरबहादुर, सुशील, झलनाथलगायतका जो प्रधानमन्त्री भए पनि त्यही विकृति किन दोहोरिन्थ्यो होला ? फरक फरक व्यक्तिले शासन गर्दासमेत उस्तै विकृतिमा देश फस्नुले मानिसभन्दा पद्धति खराब भएको देखिन्छ । त्यस्तो अवस्थामा नेतालाई सरापेर समाधान निस्कन सक्दैन बरु शासन व्यवस्थामा सुधार अपरिहार्य बन्छ । सबै दल राजनीतिक दुष्चक्रको साङ्लोमा बाँधिएको अवस्थामा पार्टीहरूले समाधान निकाल्न सक्दैनन् अनि नागरिक समाजको भूमिका खड्कन्छ । सामाजिक रूपान्तरणमा भूमिका खेल्न सक्ने व्यक्तिहरू आफ्ना पेशागत क्षमतालाई तिलाञ्जलि दिँदै राजनीतिमा होमिँदै जाने हो भने नागरिक समाज अझ कमजोर बन्छ अनि उत्पादनशील राजनीतिक सुधार झन् टाढिन्छ । पेशागत व्यक्तिहरूले राजनीतिक रुमलोमा मुछिनुको बदला बिपी कोइरालाले भनेभैmँ आआफ्नो क्षेत्रबाट नागरिक समाजको मजबुतीकरणमा ध्यान दिनु आवश्यक देखिन्छ । पेशागत समुदायले सिभिक सोसाइटीको उत्थानमा ध्यान दिने अनि नागरिक समाजले आफूलाई पोलिटिक्सबाट पृथक राख्ने हो भने देशको राजनीति सुमार्गमा ल्याउन नसकिने होइन ।  

 

 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै...

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...