१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

नारायणकाजी निवासमा ओली-दाहाल भेट

काठमाडौं— एमाओवादी नेता नारायणकाजी श्रेष्ठको हरिसिद्धिस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ।

माओवादी नेता नारायणकाजी श्रेष्ठको पहलमा शुक्रबार प्रधानमन्त्री तथा प्रमुख विपक्षी दलका नेताबीच बिहान १० बजे करिब २० मिनेट छलफल भएको हो। 

प्रधानमन्त्री दाहालले निर्वाचनको माहोल बनाउन समक्ष आग्रह गरेकोमा ओलीले निर्वाचनमा जान संविधान संशोधन जरुरी नरहेको बताउँदै तत्काल मिति घोषणा गरेर जानुपर्ने उल्लेख गरेका थिए।

लफल स्थानीय तह निर्वाचनको मिति घोषणा, पाँच नम्बर प्रदेशको सिमाङ्कन लगायतका विषयमा छलफल भएको स्रोतले बतायो।

'उहाँहरु (ओली पक्ष) ले निर्वाचनको मिति घोषणा गरेर अघि बढौं भन्नुभयो', प्रधानमन्त्री दाहाल निकट स्रोतले भन्यो, 'हामीले संविधान संशोधन गरेर मिति घोषणा गरौं भन्ने प्रस्ताव गर्‍यौं।' अध्यक्ष ओली उपर्युक्त दुई मुद्दामा पहिलाभन्दा नरम भएर पेश भएका थिए।

प्रधानमन्त्री दाहालले निर्वाचनको माहोल बनाउन समक्ष आग्रह गरेकोमा ओलीले निर्वाचनमा जान संविधान संशोधन जरुरी नरहेको बताउँदै तत्काल मिति घोषणा गरेर जानुपर्ने उल्लेख गरेका थिए।

बैठकमा एमाले उपाध्यक्ष भीम रावल सहभागी थिए। 'छलफल सकारात्मक भएको निष्कर्ष निकाल्दै देशलाई निकास दिन सैद्धान्तिक रुपमा निर्वाचन गरेर जानुपर्ने कुरामा प्रधानमन्त्री सकारात्मक देखिनुभयो', उपाध्यक्ष रावलले नागरिकन्युजसँग भने, 'हामीले उहाँलाई निर्वाचनको मिति तोक्न अग्रसर हुनुहोस् भन्यौं।'

दुवै पक्ष कांग्रेस सभापति शेरबहादुर देउवा सहित बैठक गर्न सहमत भएका छन्।

प्रकाशित: २८ माघ २०७३ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App