१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलको ‘नयाँ एसएमएस प्याक’

काठमाडौं– एनसेलले ‘नयाँ एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्कभित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्ने जनाएको छ।

नयाँ एसएमएस प्याक’ यही शुक्रबार (माघ १४) बाट सुरु भई १५ दिनसम्म सञ्चालनमा रहने भन्दै कम्पनीले यो एसएमएस प्याकअन्र्तगत ग्राहकले आफ्नो आवश्यकताअनुसार ५ रुपैयाँमा (करसहित) १ सय ५० एसएमएस वा २५ रुपैयाँमा (करसहित) १ हजार एसएमएस पाइने प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । २५ रुपैयाँमा १ हजार एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसा प्रतिएसएमएसको न्यून शुल्कमा कुनै पनि एनसेल नम्बरमा एसएमएस गर्न सक्ने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकले एस्ट्रिक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यो योजना सुचारु गर्न सक्ने भन्दै कम्पनीले एसएमएसमार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्ने जनाएको छ।

प्रकाशित: १९ माघ २०७३ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App