२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एमएडब्लुको ‘नयाँ स्कोडा र्‍यापिड’ बजारमा

काठमाडौं– नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित स्कोडा र्‍यापिडको फेसलिफ्ट नेपाली बजारमा भित्र्याएको छ । नयाँ क्रिस्टलाइन डिजाइन ल्यांग्वेजमा तयार गरिएको र्‍यापिडको नयाँ रुप हो भन्दै कम्पनीले नेपालमा स्कोडा ¥यापिड १६ सय सिसीको पेट्रोल इन्जिन र १५ सय सिसीको डिजेल इन्जिनमा उपलब्ध हुने जनाएको छ ।

नयाँ स्कोडा ¥यापिड ६ वटा एक्साइटिङ कलर (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड)मा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै नयाँ स्कोडा ¥यापिड तीन भेरियन्टः एक्टिभ, एम्बिसन र स्टाइलमा नेपालभरका स्कोडाका आधिकारिक सोरुममा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ स्कोडा ¥यापिडले नेपाली सेडानप्रेमीको अपेक्षालाई पूर्ति गर्ने भन्दै सेडान सेग्मेन्टमा आफ्नो कम्पनी मार्केट लिडर भएको दाबी गरे। उनका अनुसार नयाँ स्कोडा ¥यापिड फेमिली कार भएका कारण सहरी यात्राका लागि सहज हुने कम्पनीले जनाएको छ । यस्तै, एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले लामो यात्राका लागि आरामदायी र स्पेसियस भएको जानकारी दिए । उनले परिस्कृत पफर्मेन्स, इमोसनल डिजाइन, क्लास लिडिङ सुरक्षा व्यवस्था र सिम्प्ली क्लेभर सोलुसन नयाँ ¥यापिडको विशेषता रहेको बताए।

नयाँ कारमा ‘ड्राइभ’–६.५ इन्चको कलर टचस्क्रिन सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको भन्दै कम्पनीले कारमा रहेको मिररलिंक प्रविधिले स्मार्टफोनलाई विना कुनै अवरोध कारसँग कनेक्ट गराउन सकिने जनाएको छ । नयाँ स्कोडा ¥यापिड १५ सय सिसी टिडिआई डिजेल इन्जिन र १६ सय सिसी एमपिआई पेट्रोल इन्जिनमा उपलब्ध छन् । स्कोडाको मुख्य सोरुम काठमाडौंको थापाथलीमा छ भने मुख्य सर्भिस सेन्टर बसुन्धरामा छ । यसबाहेक पोखरा, विराटनगर, नारायणघाट, धनगढी र नेपालगन्जमा पनि स्कोडाका सोरुम र सेवा केन्द्र रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ माघ २०७३ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App