१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

छोटा लुगा लगाउन नदिएको भन्दै कर्मचारीको विरोध

जेरुसेलम- इजरायली संसदमा काम गर्ने कर्मचारीले छोटा लुगाउन लगाउन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्। सुरक्षा अधिकारीले अचानक आफ्ना समकक्षीलाई छोटो स्कर्ट लगाएर आएको भन्दै कार्यस्थलमा प्रवेश गर्न नदिएपछि बाँकी कर्मचारी आन्दोलित भएका हुन्।

संसदमा काम गर्ने कर्मचारीले सुरक्षा अधिकारीले पूर्व सूचनाबिनै स्कर्टको लम्बाई नाप्न थालेको आरोप लगाएका छन्।

बुधबारमात्र लगभग ५० जना कर्मचारीले नियमको विरोधमा प्रदर्शन गरेका थिए। यसरी प्रदर्शन गर्नेहरुले जाडोमा पनि घुँडाभन्दा माथि स्कर्ट लगाएका थिए। उनीहरुलाई संसदमा काम गर्ने पुरुष कर्मचारीले पनि साथ दिएको बताइएको छ। यसरी विरोध प्रदर्शनलाई साथ दिने एक जना कर्मचारीले सर्ट खोलेर देखाउँदै 'तिमीहरु सबै बुर्का लगाउ' भनेको इजरायली सञ्चारमाध्यमले बताएका छन्।

जेरुसेलम पोस्टले ती कर्मचारीलाई उद्धृत गर्दै भनेको छ, उनले ड्रेस कोडको सम्मान गर्ने तर त्यसको नाममा महिलामाथि विभेद गर्न नपाइने बताएको छ। 'हामीले खुल्ला हृदयले यसरी दिलोज्यानले काम गर्ने महिलाको सम्मान गर्नुपर्छ नकि उनीहरुको तिरस्कार,' उनले भनेका छन्।

बुधबार १० देखि १५ जनालाई ड्रेस कोडको कारण देखाउँदै संसद प्रवेशमा रोक लगाइएको थियो। तर केहीलाई भने पछि छिर्न दिइएको कर्मचारीले बताएका छन्।

' मैंले धेरैपटक यही लुगा लगाएर आएकी थिएँ,' केसिम रोजेनब्लाटले भनिन्। केसिम दक्षिणपन्थी पार्टीको सल्लाहका समितिमा रहेर काम गर्दै आएकी छन्।

'सायद उनीहरुलाई हाम्रो खुट्टादेखि डर लागेको हुनुपर्छ,' उनले एएफपी समाचारसँग भनिन्। केसिमले सुरक्षा अधिकारीले आफ्नो स्कर्ट ननापेको तर महिला गार्डले एक झलक हेरेर उनको लुगा संसदभित्र छिराउन पर्याप्त नभएको बताइन्।

गत आइतबार जब एक जना सांसदका सहयोगीलाई र्स्कटको कारण देखाउँदै छिर्न दिइएन त्यसपछि विषयले चर्चा पाएको थियो। स्कर्ट घुँडाभन्दा माथिपनि खुट्टामा स्टकिङ लगाएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।

इजरायली रेडियोसँग कुरा गर्दै सांसद मिचाइलीले अचानक स्कर्टको नियम लाद्नु भनेको महिलालाई दबाउन चाहेक प्रतिक्रिया दिएकी छिन्। उनले कुलीन यहुदी मान्यता अनुसार महिलाले हात र खुट्टा छोप्नुपर्ने परम्परागत मान्यता रहेको र आजको युगमा पनि सोही गर्न खोजिएको बताएकी छिन्।

'अचानक स्कर्टको लफडा कहाँबाट आयो थाहा छैन तर हामी मान्दैनौं। हामी सिर्फ काम गर्न चाहान्छौं,' सांसद मिचेलीकी प्रवक्ताले भनिन्। 

इजरायली संसद सचिवालयले भने प्रदर्शन 'सुनियोजित' भएको र सुरक्षा अधिकारीले आफ्नो काम गरेको बताएको छ। सचिवालयले ड्रेस कोड पहिलेदेखि नै अस्तित्वमा रहेको पनि बताएको छ।

इजरायली पत्रपत्रिकाले भने संसदमा टिसर्ट, छोटा लुगा, चप्पल र स्कर्टमा पनि प्रतिबन्ध लगाएको बताएका छन्। तर प्रदर्शनमा उत्रिएका महिलाहरुले आफूहरुलाई कति सम्मको लुगा लगाउँदा छोटो भनिने भन्ने थाहा नपाएको बताएका छन्।

विरोधमा उत्रिएकाले अमेरिकी फस्ट लेडी मिचेल ओबामा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी सारा नेतान्याहुको छोटो स्कर्ट लगाएको तस्बिर ट्विटरमा पोस्ट गर्दै उनीहरुलाई संसदमा प्रवेश दिने कि नदिने भनेर जिज्ञाषा राखेका थिए।

प्रकाशित: १ पुस २०७३ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App