४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार

इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ। इराकी सभामुख  मोहमद अल हलबोसीले सो कुरा इराकको संसदलाई मङ्गलबार जानकारी दिएका हुन्। उनले इराकी संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए।

मङ्गलबार संसदको नियमित पत्रकार सम्मेलनका क्रममा सभामुखले बिहीबारको संसद बैठकमा राष्ट्रपति निर्वाचनको मात्र कार्यक्रम रहेको जानकारी दिएको समाचारमा जनाइएको छ।

सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ। त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ। सोहीअनुसार यहाँका पदहरु बाँडफाँट हुँदै आएका छन्।

इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ। राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरुका बीचको आन्तरिक विवाद रही आएको छ। 

प्रकाशित: २६ आश्विन २०७९ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App