१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा बाढीका कारण सय भन्दा बढीको मृत्यु

बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ। बाढीका कारण त्यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन्।

ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ। मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको अधिकारीहरुले बताएका छन्। त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो। त्यहाँका कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी छ।

बाढीले ल्याएका सर्पले टोकेर, चट्यांग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ। बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएका बताइएको छ।

बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ। अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ। यसका कारण मानिसहरुलाई कैयौँ जिल्लामा आवत जावत गर्न पनि कठिन भएको पाइएको छ।

त्यस्तै बिजुली र खानेपानीका संरचनाहरु पनि बाढीले भत्काइदिएको छ। ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन्। त्यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताए।

प्रकाशित: २० असार २०७९ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App