१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अपहरणमा परेका २१ बालबालिका प्रहरीद्वारा मुक्त

नाइजेरियाको प्रहरीले यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ। प्राप्त समाचारअनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी लगेका थिए।

ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि यहाँको प्रहरीले पिछा गरेको थियो। त्यसलगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा प्रहरीले राजमार्गबाट अपहरणमुक्त गराएको हो। शनिबार अपहरणमुक्त गराएपछि प्रहरीले लगत्तै पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी दिएको हो।

प्रकाशित: १८ पुस २०७८ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App