१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१९ वर्षीय पाकिस्तानीको सगरमाथा आरोहणको संघर्ष

पाकिस्तानको लाहोरमा जन्मिएका १९ वर्षीय सेरोज कसिफले  मे ११मा सगरमाथाको चुचुरोमा पाकिस्तानको झण्डा गाडेसंगै उनी पाकिस्तानको सबैभन्दा कान्छो सगरमाथा पर्वतारोही बनेका छन्। मंगलबार बिहान पाकिस्तानमा ५ बजेर २ मिनेटको समयमा उनले आफ्नो लक्ष्य पूरा भएको क्षणलाई सामाजिक सञ्जालमार्फत जानकारी गराए ।  

उनले सगरमाथाको चुचुरोमा आफ्नोे देशको झण्डा फैलाउँदै अल्लामदुलिलाह भनेका थिए जसको अर्थ इतिहास रचियो भन्ने हो। उनले सगरमाथा आरोहण  सेभेन समिट ट्रेक अन्तर्गत एभरेस्ट एक्सपिडिसन २०२१ मा गरेका हुन्।  

नेपालका पर्ववातारोहण र एक्सपिडिसन म्यानेजर छांग दावा शेर्पाले उनको यो सफलताबारे घोषणा गर्दै उनलाई पाकिस्तानको सबैभन्दा कान्छो सगरमाथा आरोहण गर्ने व्यक्ति बनेकोमा बधाई तथा शुभकामना दिए।  

कसिफको यस सफलतालाई लिएर अहिले पाकिस्तानमा खुसियाली मनाइदैँछ छ। उनलाई बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । अल्पाईन क्लब अफ पाकिस्तानका एक प्रतिनिधि करार हाइद्रिलले उनलाई बधाई दिएका छन्।

कसिफले  सानैदेखि हिमालहरुको आरोहण गर्ने सपना बुनेका थिए । उनले  हिमाल चढ्ने सपना ११ वर्षको उमेरबाटै अगाडि बढाउने सोच बनाए।  उनले ३८८५ मि माकरा पिक, ४०८० मि मुसु कामुसल्ला पिक, ४६०० मि छेम्ब्रा पिकको आरोहण गरे। यसरी आफ्नो सपनालाई अगाडी बढाउँदै गएको उनी बताउँछन्।

उनले यी हिमालहरुको आरोहणपछि ५ हजार मिटर गर्दै छ हजार मिटर अनि ८ हजारभन्दा अग्ला हिमालहरुको शिखरको यात्रा प्रारम्भ गर्न तर्फ लागे। उनी १७ वर्षको उमेरमा ब्रोड पिक हिमालको शिखरमा पुग्न सफल भए।  

यो हिमाल संसारको १२ औं अग्ला हिमाल हो । यस हिमालको उचाई ८०४७ रहेको छ । उनलाई यो हिमालको आरोहण पछि उनलाई द ब्रोड ब्वाईको नामले चिनिन थालिएको हो।  

उनलाई सगरमाथाप्रतिको माया सानैदेखि  थियो। सगरमाथाको यात्रा अगावै उनको सपना १० वर्ष पछि पूरा हुन गईरहेको उनमा  विश्वास रहेका थियो । उनले आफ्नो देशको हरियो झण्डा विश्वको सबैभन्दा अग्लो चुचुरोमा लिएर गईरहेको  सामाजिक सञ्जालमा लेखेका थिए ।  

उनी आफ्नो पितालाई ‘सुपरहिरो’ मान्छन्। यो सफलताको पछाडि आफ्नो बुबालाई लिन्छन्। बुबाले सपना साकार पार्न  धेरै मद्धत गरेको उनले बताए।  

उनले यस ठूलो सपनाका निम्ति २ वर्षदेखि विभिन्न प्रशिक्षण लिएको र  सपनाका निम्ति प्रेरित राखेको बताए। धेरै वर्षको संघर्ष पछि सपना पूरा हुदा  उनले आफ्नो भावनाहरु सम्हाल्न नसक्ने गरी खुसी भएको व्यक्त गरेका छन्। आफू धेरै वर्षदेखि आरोहणको यात्रामा रहेको तर सगरमाथाको चुचुराले जस्तो उनलाई कुनै पनि हिमालको शिखरले खुसी नदिएको बताए।  

प्रकाशित: २९ वैशाख २०७८ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App