१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइसक्रीममा पनि देखियो कोरोना भाइरस

चीनबाट एउटा स्तब्ध पार्ने समाचार आएको छ। आइसक्रीमका केहि बट्टामा कोरोना पोजेटिभ देखिएपछि त्यस सम्बन्धमा अनुसन्धान सुरु भएको छ। चीनको टियांजिनमा आइसक्रीमका तीन बट्टामा कोरोना पोजेटिभ देखिएपश्चात विस्तृत अनुसन्धान सुरु गरिएको हो।

आइसक्रीमका बट्टाहरूमा कोरोना भाइरस पत्ता लागेसँगै अधिकारीहरूले हजारौं आइसक्रीमका डब्बाहरू वितरणमा रोक लगाएका छन्। चाइना डेली रिपोर्टका अनुसार टियांजिन डाकियाओदाओ फूड कम्पनीमा ४ हजार ८ सय ३६ आइसक्रीमको बक्समा कोरोनाका भाइरस भेटिएकाे बताइएको छ।

अनुसन्धान सुरु भइसके पनि उक्त कम्पनीका उत्पादनमा कसरी कोरोना भाइरस देखिए भन्ने बारे थाहा भइसकेको भने छैन। यद्यपी त्यसबारे आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरुको भनाइ छ। अनुसन्धानका क्रममा आइसक्रीम न्यूजील्याण्ड र युक्रेनबाट आयात गरिएको दुग्ध पदार्थबाट बनाइएको खुलेको त्यहाँका अनुसन्धानकर्ताहरु बताउँछन्।

आइसक्रीम किन्ने ग्राहकहरुलाई आफ्नो स्वास्थ्य परीक्षण गराउन समेत स्थानीय प्रशासनले आग्रह गरिसकेको छ। उक्त घटनापश्चात् टियांजिन डाकियाओदाओ फूड कम्पनीका १ हजार ६ सय ६२ कामदारलाई क्वारेन्टिनमा राखिएको छ। ७ सय जनाको कोरोना परीक्षण भने नेगेटिभ आएको छ।

प्रकाशित: ४ माघ २०७७ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App