४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यमनमा नयाँ मन्त्रिमण्डललाई लक्ष्य गरी विस्फोट, २२ जनाको मृत्यु (भिडियो)

यमनको नयाँ मन्त्रिमण्डलका सदस्य चढेको विमानलाई लक्ष्य गरी गराइएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।  

बिबिसीका अनुसार प्रधानमन्त्रीसहित यमनको नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान हुनेबित्तिकै विस्फोट गराइएको हो।  

यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा बुधबार गराइएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु तथा ५० जनाभन्दा बढी मानिस घाइते भएका हुन्।  

तर आफू र मन्त्रीमण्डलका सदस्य सकुशल रहेको यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले दाबी गरेका छन्। विस्फोटमा मृत्यु भएका अधिकतर सहायक कर्मचारी र अधिकारी रहेको बताइएको छ।  

नयाँ मन्त्रीहरूको स्वागतका लागि विमानस्थलमा मानिसको भीड भइरहेका बेला विस्फोट भएको थियो। त्यसपछि मानिसको भागाभाग भएको थियो।

विस्फोट कसले किन गरायो खुल्न बाँकी छ।  

यमनमा सन् २०१५ देखि गृहयुद्ध जारी छ। जसमा परी अहिलेसम्म १ लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित: १६ पुस २०७७ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App