५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आरोपमा चीनमा एक पत्रकारलाई ४ वर्ष जेल !

झाङ जान

चीनको उहानमा कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आरोपमा त्यहाँकी एक पत्रकारलाई चार वर्षको जेल सजाय सुनाइएको छ।

‘समुदायमा त्रास फैलाएको र कोरोनाबारे बढाइचढाइ गरेको’ अभियोगमा गत मेमै पक्राउ गरिएकी ३७ वर्षीया झाङ जानलाई सोमबार जेल सजाय सुनाइएको हो।  

उहानमा कोरोना संक्रमण फैलिएको बारे उनले गत फ्रेबुअरीमा गरेको लाइभ प्रसारण सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि उनलाई स्थानीय निकायले नियन्त्रणमा लिएको थियो।  

यसअघि पनि स्थानीय प्रशासनले भाइरसबारे हल्ला गरेको र सरकारविरोधी गतिविधि गरेको आरोपमा कैयौं व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ।

‘फैसलापछि झाङ निरास र स्तब्ध देखिन्थिन्,’ उनका वकिल रेन क्युएनिउले भने, ‘उनलाई सांघाई पुदोङ न्यु डिस्ट्रिक पिपुल्स कोर्टले सोमबार बिहान ४ वर्ष जेल सजाय सुनाएको हो।’  

अदालतमै रहेकी उनकी आम डाँको छाडेर रोएको पनि उनले बताए।  

चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको अनुमतिबिना अथवा उसको विपक्षमा समाचार सम्प्रेषण गर्न चुनौतीपूर्ण छ।  

हिरासतमा रहेकी पत्रकार झाङले गत जुन महिनादेखि नै भोक हड्ताल गरेकी थिइन्। तर प्रशासनले उनको स्वास्थ्य बिग्रन थालेपछि पाइपमार्फत जर्बजस्ती खाना खुवाएको थियो।

‘गत साता मैले उनलाई भेट्दा कडा सजाय भयो भने फेरि भोक हड्ताल सुरु गर्छु भनेकी थिइन्,’ उनका वकिल रेनले भने।

प्रकाशित: १३ पुस २०७७ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App