१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाकै सांसदले भनिन् : यो ‘ट्रम्प भाइरस’ हो

नान्सी पलोसी

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेर आलोचना गरिरहेका बेला उनकै एक सांसदले भने यसलाई ‘ट्रम्प भाइरस’ को संज्ञा दिएका छन् ।  

कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) की प्रवक्ता नान्सी पलोसीले राष्ट्रपति ट्रम्पको आलोचना गरेकी हुन् ।  

आफ्ना नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै अवस्था राम्रो हुनुभन्दा अघि अझ खराब हुन्छ भन्ने राष्ट्रपति ट्रम्पको भनाइपछि वरिष्ठ डेमोक्रेट नेता पलोसीको यो अभिव्यक्ति आएको हो ।  

सीएनएनसँग कुरा गर्दै पलोसीले भनिन्, ‘राष्ट्रपतिको आजको भनाइ सुनेर यस्तो लाग्छ कि उनले आफ्नो गल्ती स्वीकार गर्नुभएको छ । आफूले मास्क लगाउँदै अरूलाई  पनि लगाउन अपिल गर्नुले उहाँले कोरोना संक्रमण ख्यालख्याल होइन भन्ने स्वीकार गरेको देखिन्छ । यो महामारी नियन्त्रण हुनुअघि अझ खराब यसकारण भइरहेको छ कि यसविरुद्ध कुनै ठोस कदम चालिएन ।’

उनले अगाडि भनिन्, ‘वास्तवमा यो ट्रम्प भाइरस हो ।’  बिबिसी

प्रकाशित: ७ श्रावण २०७७ ०९:५५ बुधबार

कोरोना अमेरिका ट्रम्प