४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेइजिङमा थपिएनन् नयाँ संक्रमित, देशभरी १६ जना मात्र भेटिए

चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबाट संक्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि संक्रमित थपिएको छैन । 'पछिल्लो १३ दिनसम्ममा बेइजिङमा कुनै पनि नयाँ संक्रमित भेटिएका छैनन् भने शनिबार १३ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन्,' एक अधिकारीले भने ।

यसैबीच चीनमा देशभरी पछिल्लो २४ घण्टामा १६ जना मात्र संक्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा संक्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका संक्रमित हुन् ।  

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

त्यसैगरी कोरोना भाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । 

प्रकाशित: ४ श्रावण २०७७ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App