१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सीमा विवाद : जापानले लियो भारतको पक्ष

भारतका लागि जापानी राजदूत सतोषी सुजुकी

सीमा विवादका विषयमा जापानले भारतको पक्ष लिएको छ। भारत–चीन सीमा क्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपका विषयमा भारतका लागि जापानी राजदूत सतोषी सुजुकीले स्पष्ट रूपमा भारतप्रति समर्थन जनाएका हुन्। 

भारतका विदेश सचिव हर्षवर्धन शृंगलासँग कुराकानी गरेलगत्तै उनले ट्विट गर्दै भारतकाे पक्ष लिएका हुन्। 

राजदूत सुजुकीले ट्विटमा भनेका छन्, ‘भारतका विदेश सचिव शृंगलासँग राम्रो कुराकानी भयो। एलएसी (भारत–चीन सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा) को अवस्थाबारे जानकारी दिनुभयो र सीमा क्षेत्रमा जारी तनावको शान्तिपूर्ण समाधानका लागि भारतले गरेको प्रयासको म प्रशंसा गर्छु। संवादबाटै समस्या समाधान हुनेमा जापानको विश्वास छ। जापान, सीमामा एकतर्फी परिवर्तनको विरोध गर्छ।’  

जापान पूर्वी एसियामा भारतको सबैभन्दा ठूलो रणनीतिक साझेदार हो। साथै ऊ, एसिया प्रशान्त क्षेत्रमा अमेरिका, अस्ट्रेलिया र भारतको रणनीतिक साझेदारीमा पनि सहभागी छ। जापान, अमेरिका, अस्ट्रेलिया अलावा युरोपका कैयौं देशले चीनले चालेको कदमको खुला रूपमा विरोध गरिरहेका छन्। बिबिसी

यो पनि पढ्नुहोस्

लद्दाख झडपबारे भारत-चीनबीच विस्तृत छलफल, यस्ता छन् सहमति

प्रकाशित: २० असार २०७७ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App