coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लद्दाख झडपबारे भारत-चीनबीच विस्तृत छलफल, यस्ता छन् सहमति

फाइल तस्बिर : भारतका प्रधानमन्त्री माेदी र चीनका राष्ट्रपति सी

पूर्वी लद्दाखमा भएको सीमा विवादका विषयमा भारत र चीनका प्रतिनिधि मण्डलबीच विस्तृत छलफल भएको छ ।  

भारतीय विदेश मन्त्रालयका अनुसार समस्या समाधानका लागि भारत–चीन सीमा मामिला (डब्ल्युएमसिसी)  को १५औं बैठक बुधबार भिडियोमार्फत सम्पन्न भएको हो ।  

बैठकमा भारतका तर्फबाट संयुक्त सचिव  (पूर्वी एसिया) र चीनका तर्फबाट सीमा तथा महासागरीय मामिलासम्बन्धी विभागका महानिर्देशकले नेतृत्व गरेका थिए ।  

बैठकमा केही दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखमा भएको घटनाबारे दुवै पक्षले विशेष रूपमा विस्तृत छलफल गरेका थिए । भारतीय पक्षले त्यस दिन लद्दाखको गलवान उपत्यकामा जुन हिंसात्मक घटना भयो, त्यसप्रति गहिरो दुःख व्यक्त गरेको थियो । यस सन्दर्भमा अब दुवै पक्षले सीमाको वास्तविक नियन्त्रण रेखाको कडाइपूर्वक सम्मान र निरीक्षण गर्नुपर्ने विचार राखेका थिए ।  

पछिल्लो हप्ता दुई देशका विदेशमन्त्रीबीच भएको वार्ताको पनि स्मरण गरेका थिए । त्यस क्रममा दुई पक्षबीच भएका सम्झौताअनुसार सीमा क्षेत्रमा शान्ति कायम गर्नेमा दुवै पक्ष सहमत भएको  कुरामा ध्यान दिनेमा दुवै पक्ष सहमत भएको कुरा विज्ञप्तिमा उल्लेख छ ।  

भारतको विदेश मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ– ‘वर्तमान परिस्थितिलाई शान्तिपूर्ण ढंगले समानधान गर्न कूटनीतिक र सैन्य दुवै तहमा वार्ता जारी राख्नेमा दुवै पक्ष समहत भएका छन् ।’  

 

यो पनि पढ्नुहोस्

सीमामा भारतसँग झडपबारे चीनको प्रतिक्रियाः गल्ती हाम्रो होइन

 

प्रकाशित: ११ असार २०७७ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App