१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काेरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने

संयुक्त राज्य अमेरिकाले काेराेना भाइरसविरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ। अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन्। त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो।

अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ। यसै सहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ। यो सहयोगको पहिलो चरण बुधबार भारत पुगेको बताइएको हो।

यी भेन्टिलेटरले भारतका भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विरामीको ज्यान बचाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता मोगन अर्टगसले ट्वीट गरेर सो कुराको जानकारी दिएको प्राप्च समाचारमा जनाइएको छ।

भारतका लागि अमेरिकी राजदूत केनिथ जस्टरले बुधबार युएसएआइडीका तर्फबाट भारतीय रेडक्रम सोसाइटीलाई बुधबार ती भेन्टिलेटरहरु उपलब्ध गराएका हुन्। अमेरिकाले भारतलाई औषधीय सामग्रीहरु उपलब्ध गराउने बताएको छ। सोहीबमोजिम अमेरिकाले यो पहिलो चरणमा १०० वटा भेन्टिलेटर पठाएको बताइएको हो।

प्रकाशित: ३ असार २०७७ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App