१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सिनेटद्वारा महाभियोग प्रक्रिया अनुमोदन

बाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने विषयमा अमेरिकी सिनेटले मंगलबार प्रक्रिया सुरु गरेको छ। यसअन्तर्गत सिनेटमा रहेका रिपब्लिकनहरूले सुरुमा दुई दिनसम्म मन्तव्य दिने योजना अस्वीकार गरेका छन्।
यस्तै, उनीहरूले राष्ट्रपतिले गरेको अपराधलाई सार्वजनिक गर्न डेमोक्रयाटहरूले माग गरे अनुसार प्रत्यक्षदर्शीलाई यो प्रक्रियामा समावेश गर्न पनि अस्वीकार गरेका छन्।

मंगलबार सुरु भएको यो सिनेटको सेसन बुधबार बिहान २ बजेसम्म चलेको थियो। रिपब्लिकनहरूले सिनेटको यो बैठकमा महाअभियोग प्रक्रियाका अन्य नियमलाई आफूअनुकूल पारित गराउन सफल भएका छन्। अमेरिकामा यसै वर्ष राष्ट्रपतिको चुनाव हुने भएकाले यो ऐतिहासिक महाअभियोग  आमजनसमुदायमा निकै चासोको विषय छ। 

‘हामीसँग ठूलो केस अगाडि आएको छ र मेरो कानुनी टिमले यसमा अत्यन्त राम्रो काम गरेका छ,’ डाबोसमा भइरहेको वल्र्ड इकोनोमिक फोरममा अमेरिकी राष्ट्रपतिले भने। महाअभियोगको प्रक्रियासम्बन्धी नियमको अनुमोदनसँगै अब यो प्रक्रिया फास्ट ट्रयाकमा लगिने छ।

‘यो हास्यास्पद प्रक्रिया अब अन्ततिर उन्मुख भएको छ,’ राष्ट्रपतिका प्रमुख वकिल प्याट सिपोलोनले भने। अमेरिकाका प्रधानन्यायाधीशले मंगलबार यो सेसनको उद्घाटन गरेका थिए, जसमा ट्रम्पको टिम एकातिर र अभियोक्ता अर्काेतिर बसेका थिए। कसैको पक्षमा नलागी न्याय दिने भनेर सपथ खाएका सिनेटरहरू आफ्नो डेस्कमा शान्त बसेका थिए।

मोबाइल र अन्य इलोक्ट्रोनिक्स सेसनमा ल्याउन प्रतिबन्ध लगाइएको थियो। पहिलो दिनको प्रक्रिया राति अबेरसम्म चलेको यो सेसनमा यो विषयलाई अझ बढी समय दिनुपर्ने डेमोक्रेटको प्रस्तावलाई एकजना रिपब्लिकन पार्टीका सेनेटर सुसन कोलिन्सले मात्र समर्थन गरेकी थिइन्।

अमेरिकाको तल्लो सदन हाउस अफ रिपे्रजेन्टेटिभ्सले गत महिना ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव पारित गरेर यो प्रक्रिया अगाडि बढाएको थियो। अमेरिकाको उपल्लो सभा सिनेटमा रिपब्लिकनहरूको बहुमत भएकाले महाअभियोग प्रस्ताव पारित हुन कठिन रहेको बताइएको छ।

प्रकाशित: ९ माघ २०७६ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App