४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

बेइजिङ- ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन्। यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन्।  

निवेदन दिनेमा अधिकांश युवा विद्यार्थी रहेका र त्यसमा विदेशी विद्यार्थी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्।

विश्वकै ध्यान खिच्नेगरी हुन लागेको '२०२० वेइजिङ विन्टर गेम्स'का लागि यती ठूलो संख्यामा आवेदन पर्नुले यसप्रतिको चासो धेरै रहेको पुष्टी छ।

आयोजक समितिले ती मध्येबाट आवश्यकता र योग्यताका आधारमा छनौट गर्ने समाचारमा जनाइएको छ। महत्वका साथ हेरिएको यस खेलकुद प्रतियोगिता आगामी फेब्रुअरीमा चीनको याङइङ जिल्लामा हुने तय भइसकेको छ। सिन्ह्वा

प्रकाशित: १५ पुस २०७६ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App