४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा आँधी, छ जनाको मृत्यु

आँधीका कारण क्षतिग्रस्त संरचनाको भग्नावशेष। तस्बिर ः एजेन्सी

बेइजिङ – चीनमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक सय ९० भन्दा बढी घाइते भएका छन्। आँधीका कारण बिहीबारसम्ममा झण्डै दश हजार जना प्रभावित भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

आँधी प्रभावित क्षेत्रमा प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मीलगायत विभिन्न क्षेत्रका गरी आठ सय भन्दा बढी उद्धारकर्मी खटिएका छन्।

देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन्। स्थानीय कैयुना सहरमा प्रतिसेकेण्ड २३ मिटरको गतिमा स्थानीय समयअनुसार बुधबार बेलुका ५ बजेर १५ मिनेटमा मा आँधी आएको थियो। आँधी प्रभावित क्षेत्रमा प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मीलगायत विभिन्न क्षेत्रका गरी आठ सय भन्दा बढी उद्धारकर्मी खटिएका छन्।

घटनास्थलमा खोजी तथा उद्धारकार्य अहिले पनि जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएका छन्। उद्धारकर्मी विभिन्न दश वटा समूह बनाएर खटिएको र उनीहरुले घटनास्थलमा मान्छेको खोजी तथा उद्धार गर्नुका साथै घाइतेको उपचार गर्ने, विद्युत् लाइन जोड्ने, सडक खुलाउनेलगायतका काम गरिरहेका छन्।

धेरै ठाउँमा अझै पनि सडक, विद्युत्लगायतका सेवा अवरुद्ध रहेको प्रभावित क्षेत्रमा खटिएकाले जनाएका छन्। आँधीका कारण औद्योगिक क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी कारखाना भवन क्षतिग्रस्त भएका छन्।   प्रकोपमा परी ४ हजार तीन सय घर भत्किएका छन् भने एक सय हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको अधिकारीले जनाएका छन्। भत्किएका घरबाट झण्डै दुई सय १० जनालाई उद्धार गरिएको छ भने प्रभावित क्षेत्रबाट १ हजार ६ सय जनालाई सुरक्षित स्थानमा लगिएको छ।  उद्धार गरिएकामध्ये ६३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

प्रकाशित: २० असार २०७६ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App