१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य नौ करोड, ८० प्रतिशत बढि ३५ वर्ष मुनिका

बेइजिङ– चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ।

पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ।

सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ। सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा २० लाख नयाँ सदस्य थप गरिएको पार्टीले जनाएको छ जुन अघिल्लो वर्षभन्दा ३९ हजारले बढी हो।

पार्टीका सदस्यमा नियुक्त गरिएकाहरुमा करिब ४५ प्रतिशत नयाँ सदस्यले उच्च अध्ययन गरेका छन् भने ८० प्रतिशतभन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा कम उमेरका रहेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो। सिन्ह्वा

प्रकाशित: १५ असार २०७६ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App