१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेस्तोल ताकेको तस्बिर ह्वाट्सएपमा राखेर एक जोडीले गरे आत्महत्या

राजस्थान - एक जोडीले धेरैलाई अचम्मित पार्ने गरी आत्महत्या गरेका छन्। भारत राजस्थानको बाडमेर जिल्लामा एक जोडीले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्।

आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुपमा एउटा तस्बिर राखे। सञ्जालमा राखिएको उक्त तस्बिरमा दुबैले एक अर्काको कनचटमा पेस्तोल ताकेको देखिन्छ। उक्त फोटो उनीहरुले ह्वाट्सक ग्रुपमा पनि राखेका छन् र केहीलाई अडियो म्यासेज पनि गरेका थिए। जसमा भनिएको थियो 'हाम्रो कारण कसैलाई समस्या नहोस्।' आत्महत्या गर्नुअघि युवकले आफ्ना भाइलाई पनि फोन गरेका थिए। तर धेरे कुरा गरेनन्।

स्थानीय पत्रिकाका अनुसार आत्महत्या गरेकी १८ वर्षीया युवती विवाहित थिइन्। उनको दुई महिना पहिले मात्रै विवाह भएको थियो। विवाहपछि पनि युवती अर्कै केटासँग प्रेम सम्बन्धमा थिइन्। जसका कारण युवतीको परिवारमा समेत तनाव हुने गरेको थियो। जसका कारण युवतीसहित उनको प्रेमीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App