१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प बेलायतमा, महारानीले गरिन् स्वागत

लन्डनस्थित बकिंङघम दरबारमा आयोजित औपचारिक स्वागत कार्यक्रमका लागि पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दै बेलायती महारानी एलिजावेथ द्वितीया। तस्बिर : रोयटर्स

लन्डन – तीन दिने राजकीय भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत पुगेका छन्। राजकीय भ्रमणको पहिलो दिन ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेलायतकी महारानी एलिजावेथ द्वितीयाले बकिंङ्घम दरबारमा स्वागत गरेकी छन्।

ट्रम्प र मेलानिया ट्रम्प सोमबार बिहान एयर फोर्स वानमा बेलायत पुगेका थिए। बेलायत पुगेलगत्तै ट्रम्प दम्पतीलाई मध्य लन्डनस्थित अमेरिकी राजदूतको निवासमा पु¥याइएको थियो। उनीहरु त्यहि नै बसिरहेका छन्। बेलायती माटोमा पाइला टेक्नेबित्तिकै ट्रम्पलाई बेलायतका लागि अमेरिकी राजदूत वुड्डी जन्सन र बेलायती विदेशमन्त्री जेरेमी हन्टले स्वागत गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई बेलायती महारानी एलिजावेथले गरेको स्वागत भने उनको युरोपेली संघबाट बेलायतको बहिर्गमन (बे्रक्जिट)सम्बन्धी धारणा, बेलायती प्रधानमन्त्री मेले राजीनामा दिएपछिको भावी प्रधानमन्त्रीबारे उनको अभिव्यक्ति र चीनको हुवावे कम्पनीसँगको विवादको विषयले छायाँमा पारेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

तीन दिने बेलायत भ्रमणमा रहेका ट्रम्प दम्पतीको पहिलो दिन ९३ वर्षीया बेलायती महारानीले बकिंङ्घम दरबारमा स्वागत गरेकी थिइन्। ट्रम्प र मेलानिया ट्रम्पलाई पूर्ण शाही सम्मान दिइएको र महारानीसँगै औपचारिक डिनर र उनको उत्तराधिकारी युवराज चाल्र्ससँग चिया र वेस्टमिन्स्टर आबेको भ्रमणसहित स्वागत गरिएको छ। राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प मध्य दिउँसो हेलिकप्टरमार्फत अवतरण गरेलगत्तै बकिंङ्घम दरबारबाहिर भीड लागेको भएको थियो।
बेलायत पुग्नुभन्दा केही समयअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सादिक खानको आलोचना गरेका थिए। ट्रम्प र खानबीच विगतमा पनि विवाद उत्पन्न भएको थियो।

मेयर खानले विगतमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बेलायतले रातो कार्पेट बिछ्याउन नहुने बताएको प्रसंग उठाउँदै एउटा ट्विट गरेका थिए। ‘संयुक्त अधिराज्यको उच्च मित्र बन्न मैले खोजिरहेको छु र भ्रमणलाई लिएर म उत्सुक पनि छु,’ लन्डनस्थित स्तानस्टेड विमानस्थलमा अवतरण गर्नुपूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको ट्विट उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

अमेरिका र बेलायतबीचको कूटनीतिक सम्बन्धलाई सतिसालका रूपमा लिइए पनि केही बेलायती मतदाताले भने ट्रम्पलाई कठोर, अस्थीर र बेलायती मूल्य–मान्यताको विरोधीका रूपमा लिने गरेका छन्। यस्तै धारणा राख्नेहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको बेलायत भ्रमणका दौरान राजधानी लन्डन, म्यानचेस्टर, बेलफास्ट र बिर्मिन्घामलगायतका सहरमा उनीविरुद्ध प्रदर्शनको तयारी गरिरहेको बताइएको छ।

बेलायती प्रधानमन्त्रीको पद छोडेकी थेरेसा मे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचका छलफल भने मंगलबार हुने छ। दुई नेताबीचको छलफमा विशेषतः जलवायु परिवर्तन र चिनियाँ प्रविधि कम्पनी हुवावेको बारेमा छलफल हुने अनुमान गरिएको छ। हुवावेलाई ‘फाइभ–जी’ नेटवर्क बनाउने भूमिका दिइए त्यसले मेसँगको भेटमा ट्रम्पले पश्चिमा गुप्तचर सञ्जालको एउटा महŒवपूर्ण जग, सुरक्षा साझेदारी भत्किने सक्ने चेतावनी पनि दिनसक्ने अनुमान गरिएको छ।

ट्रम्प प्रशासनले विश्वभरका उसका साझेदार राष्ट्रलाई हुवावेको ‘फाइभ–जी’ प्रविधि प्रयोग नगर्न आग्रह गरिरहेको छ। उसले हुवावेको प्रविधि प्रयोग गरेर चीनले संवेदनशील सञ्चार र डाटामाथि जासुस गर्न सक्ने भन्दै सबै साझेदार राष्ट्रलाई उसको प्रविधि प्रयोग नगर्न भनिरहेको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App