४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘फानी’का कारण उडिसामा नौको मृत्य

भुवनेश्वर – शक्तिशाली सामूद्रिक आँधी ‘फानी’का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ। प्रतिघण्टा दुईसय किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र वर्षामा परी अन्य एक सय ६० जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

आँधी र वर्षाका कारण रुख र बिजुलीका पोलहरु ढलेका छन् भने थुप्रै भौतिक संरचनाहरुमा पनि क्षति पुगको छ।
विषेशगरेर भुवनेश्वर, कत्ताक, पुरी र खोर्धा जिल्लामा आँधी र वर्षाले धेरै असर पारेको उडिसा सरकारले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकालाई राहतको घोषणा गरेका छन्। बंगालको खाडीबाट सुरु भएको समुद्री आँधी शनिबार बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो।
भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशंकामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो।

उडिसामा सन् १९९९ मा आएको साुूद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो। त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए। त्यस्तै सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ‘ओक्खी’ले करिब दुई सय ५० जनाको ज्यान लिएको थियो। त्यस्तै छ सय व्यक्ति बेपत्ता भएका थिए।

भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधी आउने र ठूलो धनजनको क्षति हुने गरेको छ। एता, बंगलादेशको तटीय इलाकामा ‘फानी’ का कारण शनिबार छ जनाको मृत्यु भएको छ। बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले जानकारी दिए। उनका अनुसार आँधीका कारण कम्तीमा ६३ जना घाइते भएका छन्।

प्रकाशित: २२ वैशाख २०७६ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App