१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

कोलोम्बो- मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ।

मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो। 

असी बर्षीय गयूम र उनका छोरा फारिस मौमुनलाई राजधानी मालेमा रहेको उच्च अदालतले आदेश दिएको हो। उनीहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यसउपर गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाई भई जेलमुक्त गरिएको हो। 

हालै भएको निर्वाचनमा ५८.४ प्रतिशत मत ल्याई राष्ट्रपतिमा निर्वाचित हुनुभएका इब्राहिम मोहमद सोलिहले वर्तमान् राष्ट्रपति अब्दुल्लाह यमीनसँग सबै राजनीतिक बन्दीलाई रिहा गर्न गरेको अनुरोधपछि अदालतको उक्त निर्णय आएको हो। 

प्रकाशित: १५ आश्विन २०७५ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App