१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

माले- माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ। मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन्। 

सो सरकारले हालै एउटा कानुन ल्याएर यस्ता कार्यक्रमहरूको व्यवस्थापन, मनोरन्जन र उत्पादनका क्षेत्रमा वैदेशिक लगानीलाई नियन्त्रण गरेको छ। 

माल्दिभ्सका आर्थिक तथा विकास मन्त्रालयले मनोरञ्जन क्षेत्रको काम, कार्यक्रम व्यवस्थान, श्रव्यदृश्य सामग्री उत्पान, भाडामा दिने, संगीतसम्बन्धी सामग्रीहरूको उत्पादन र विक्री वितरण गर्ने कामहरूमा ठूलो मात्राको बैदेशिक लगानी प्रतिबन्ध गरिएको जानकारी दिएको छ। 

हरेक काम तथा व्यवसायमा कम्तीमा ५१ प्रतिशत लगानी माल्दिभ्सका नागरिकको नै हुनुपर्ने प्रावधान अहिलेको कानुनमा छ। यसमा विदेशी लगानीको मात्रा ५० प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ। तर पहिले भने सरकारले यस्ता क्षेत्रमा पूरै विदेशी लगानी पनि गर्नसक्नेगरी खुला छोडिदिएको थियो। 

यसैगरी यहाँको सरकारले हालैमात्र मोबाइल फोन विक्री तथा यससम्बन्धी तालिम, फोटो सम्बन्धी सेवालगायतका क्षेत्रमा पनि बैदेशिक लगानी रोक्ने निर्णय गरेको थियो। 

मालदिभ्समा पछिल्लो समयमा बेरोजगारी बढेको पाइएको छ। विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा माल्दिभ्सका झण्डै एक चौथाई युवा बेरोजगार रहेको जनाएको थियो। 

देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न पनि लगानीको यस्तो नयाँ कानुनी प्रावधान ल्याइएको अनुमान गरिएको प्राप्त समाचारहरुमा जनाइएको छ। 

प्रकाशित: १५ असार २०७५ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App