४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा बलात्कार पछि चिकित्सकको हत्या, देशभरका चिकित्सक आन्दोलित

भारतको कोलकोत्तामा एकजना महिला चिकित्सकको बलात्कार पछि हत्या भएको विरोधमा देशभरका चिकित्सक आन्दोलित भएका छन्।

कोलकोत्ताको आरजी कर मेडिकल कलेज एवं अस्पतालमा पोस्ट गै्रजुएट ट्रेनी डाक्टरको बलात्कार पछि हत्या गरिएको अवस्थामा अस्पतालकै चौथो तल्लामा शव फेला परेको थियो।

चिकित्सकको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ भने अस्पतालका प्राधानाध्यापकले राजीनामा दिएका छन्।

यता कोलकोत्तासहित राजधानी दिल्ली, महाराष्ट्र लगायतका देशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूले न्यायको माग गर्दै सोमवारबाट आन्दोलन सुरु गरेका छन्।

उनीहरूले हत्या मामिलाको जाँच केन्द्रीय एजेन्सीले गर्नुपर्ने, सेन्ट्रल प्रोटेक्शन एक्ट बनाउनुपर्ने, सबै चिकित्सा संस्थानमा सुरक्षा उपायलाई तत्काल अडिट र भर्ना रिपोर्ट तयार गर्नुपर्ने, अस्पतालमा जडान भएका सीसीटिभी क्यामराको कुल सङ्ख्यालाई लिएर विस्तृत रिपोर्ट तयार गर्नुपर्ने मागसहित आन्दोलन सुरु गरेका हुन्।

चिकित्सकहरूले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन्।

प्रकाशित: २८ श्रावण २०८१ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App