६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतसहित ३ मुलुकले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भन्यो

लेबनानमा तनाब बढ्दै गएपछि भारत, अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन दिर्नेशन दिएको छ।

पछिल्लो केही दिनदेखि इजरायल र हिजबुल्लाहको बीच युद्ध चर्किने सम्भावना बढ्दै गएपछि तीन वटै देशले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन निर्देशन दिएको हो।

समाचार संस्था एएफपीका अनुसार लेबनानस्थित अमेरिकी दूतावासले अमेरिकी केही हवाईसेवा रद्द भएपनि उपलब्ध अन्य हवाईसेवाबाट तत्काल स्वदेश फर्किन सबै नागरिकलाई निर्देशन दिएको बताएको छ।

त्यस्तै भारत र बेलायतले पनि तत्काल लेबनान छोड्न आफ्ना नागरिकलाई निर्देशन दिएको छ।

आउने दिनमा इजरायल र हिजबुल्लाह बीचको युद्धका कारण स्थिति कस्तो निम्तिन्छ भन्ने यकिन नभएका कारण तत्काल सुरक्षाको दृष्टिले लेबनान छाड्न दुबै देशले आफ्ना नागरिकलाई भनेको छ।  

प्रकाशित: २० श्रावण २०८१ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App