१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत लोकसभा निर्वाचनः ४ जुनमा नजिता, मोदीले नै सत्ता सम्हाल्ने आँकलन

भारतमा लोकसभा निर्वाचन सकिएको छ। करिब साढे दुई महिना लामो निर्वाचनको मतदान प्रक्रिया शनिवार साँझ ६ बजे सकिएसँगै लोकसभा निर्वाचन पनि सकिएको हो।

भारतीय चुनाव आयोगका अनुसार विभिन्न ७ चरणमा भारतका ५४२ लोकसभा सिटका लागि निर्वाचन भएको थियो। सम्पन्न भएको निर्वाचनको नतिजा ४ जुनमा घोषणा गरिने छ।

संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्ने राजनीतिक दल वा राजनीतिक दलहरूको गठबन्धनले अर्को सरकार गठन गर्ने मौका पाउने छ।

पछिल्लो एक वर्षदेखि सत्तामा रहेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालमा पनि सत्ता सम्हाल्ने आँकलन भारतीय विश्लेषकहरूले गरिरहेका छन्।

मोदीको बढ्दो लोकप्रियतालाई भारतीय जनताले मन पराएकै कारण उनले आगामी ५ वर्षका लागि सत्ता सम्हाल्ने देखिन्छ।

भारतीय जानकारहरूका अनुसार हालसम्म भारतीय जनता पार्टी (बीजेपी), कांग्रेससहित अन्य दलको गठबन्धन इन्डियाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। भारतका विभिन्न सञ्चार माध्यमहरूले सार्वजनिक गरिरहेका पछिल्लो मतगणनाको परिणाम अनुसार बीजेपीले अधिकांश स्थानमा बहुमत हासिल गर्ने देखिएको छ भने विपक्षी गठबन्धन इन्डिया कमजोर देखिएको छ।

मोदीले लोकसभा निर्वाचनका लागि उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवारी दर्ता गराएका थिए।

प्रकाशित: २० जेष्ठ २०८१ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App