४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रफाहमा इजलाइली आक्रमण, ४० जनाको मृत्यु

इजराइलले रफाहमा आक्रमण गर्दा कम्तिामा ४० जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले आइतवार रफाहमा रहेको एक शरणार्थी शिविरलाई लक्षित गरी गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको हो। कैयौं घाइते भएका छन्।

समाचार संस्था अलजजिराका अनुसार इजराइली सेनाले हमासलाई लक्षित गरी आक्रमण गरेको बताएको छ।

आक्रमण अघि हमासले इजराइलको राजधानी तेल अभिवलाई केन्द्रीत गरी ८ वटा मिसाइलले आक्रमण गरेको थियो। पछिल्लो ४ महिनामा हमासको तर्फबाट भएको यो सबैभन्दा ठूलो आक्रमण हो।

प्रकाशित: १४ जेष्ठ २०८१ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App