२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा आज दोस्रो चरणको निर्वाचन, यी दिग्गज नेता मैदानमा

भारतमा आज दोस्रो चरणको लोकसभा निर्वाचनका लागि मतदान हुँदैछ। दोस्रो चरणको निर्वाचन अन्तर्गत १३ राज्यका ८८ सिटमा मतदान भइरहेको छ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणमा केरलाका सबै २०, कर्नाटकको १४ लोकसभा सिटका लागि मतदान भइरहेको छ। यस्तै राजस्थानको १३, मध्य प्रदेशको ६ र असामको ५ सिटका लागि मतदान जारी छ। त्यसैगरी पश्चिम बङ्गाल र छत्तीसगढको ३–३, मणिपुर, त्रिपुरा र केन्द्र शासित प्रदेश जम्मू कश्मीरको एक–एक सिटका लागि मतदान भइरहेको छ।

दोस्रो चरणको निर्वाचनमा कांग्रेसका पूर्व अध्यक्ष राहुल गांधी केरलाको वायनाड सिटबाट चुनावी मैदानमा छन् भने राजस्थानको कोटा सिटका लागि ओम बिडला चुनावी मैदानमा छन्।

केरलाको तिरुवनंतपुरम सिटबाट कांग्रेस नेता शशि थरूर चुनावी मैदानमा छन् भने  बीजेपीले केन्द्रीय मन्त्री राजीव चन्द्रशेखर उनका प्रतिस्पर्धी बनेका छन्।

उत्तर प्रदेशको मेरठ सीटमा धारावाहीक सिरियल रामायणमा रामको भूमिका निर्वाह गरेका अरुण गोविल मैदानमा छन् भने बिहारको पूर्णिया सिटका लागि पप्पू यादव निर्दलीय उम्मेदवार बनेका छन्।

दोस्रो चरणको निर्वाचन अन्तर्गत १६ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। जसका लागि १ लाख ६७ हजार मतदान केन्द्र तोकिएको छ।

लोकसभा चुनाव २०२४ का लागि ७ चरणमा मतदान हुँदैछ। प्हिलो चरणमा १९ अप्रिलमा १०२ सिटमा मतदान भइसकेको छ।

प्रकाशित: १४ वैशाख २०८१ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App